प्रदेश नं. १ बाट कोभिड–१९ आशङ्का ४६ जनाको नमूना सङ्कलन– ३० जनामा नेगेटिभ

मनोज दाहाल २०७६ चैत १८ गते २०:५५ मा प्रकाशित

मनोज दाहाल,

विराटनगर, १८ चैत । प्रदेश नं. १ बाट कोरोना भाईरस (कोभिड –१९)को आशंकामा ४६ जनाको थ्रोट स्वाव नमूना आजसम्म सङ्कलन गरिएको छ ।

यसरी सङ्कलन गरिएका मध्ये १० महिला सहित ४६ जना रहेको सामाजिक विकास मन्त्रालय प्रदेश नं. १ का प्रवक्ता डा.सुरेश मेहताले जानकारी दिनुभयो ।

सङ्कलन गरिएका नमूनाहरुमा झापाबाट पाँच, मोरंगबाट सात, सुनसरीबाट २५, धनकुटाबाट एक, ते¥हथुमबाट दुई , सोलुखुम्वुबाट दुई, उदयपुरबाट एक जना र पाँचथरबाट तीन जना रहेका छन् ।

सङकलित नमूनामध्ये ३० जनाको रिपोर्ट नेगेभिट आएको छ भने १६ जनाको रिपोेर्ट आउन बाँकी रहेको प्रवक्ता डा. मेहताले बताउनुभयो ।

प्रदेशमा आजसम्म चार महिला सहित सात जना आईसोलेसनमा भर्ना भएका छन् । भर्ना भएकामध्ये सोलुखुम्वुमा एक, उदयपुरमा दुई , पाँचथरमा तीन र ताप्लेजुङमा एक जना रहनु डा. मेहताले बताउनुभयो ।

प्रदेशमाक कोभिड–१९वाट सङ्कमितका उपचारका लागि ३५ वटा अस्पतालमा ३६१ वटा आईसोलेसन शैय्या तयारी अवस्थामा रहेका छन् ।

सामाजिक विकास मन्त्रालयले प्रदेशका जिल्ला स्वास्थ्य कार्यालय, स्थानीय तह, सुरक्षा निकाय तथा अस्पतालहरुलाई कोरोना नियन्त्रण सम्वन्धि विभिन्न स्वास्थ्य सामाग्रीहरु आज वितरण गरेको छ ।

मन्त्रालयले व्यक्तिगत सुरक्षा उपकरण(पीपीइ) २९७ थान, आईआर थर्मामिटर १६ थान, सर्जिकल मास्क २२ हजार १५० थान, ग्लोब्स १८ हजार ५२६ थान, ह्याण्ड सेनिटाईजर ८१८ थान र पीपीइ गाउन ३५ वटा वितरण गरेको प्रवक्ता डा. मेहताले बताउनुभयो ।

यसैवीच प्रदेश नं. १ का स्वास्थ्य संस्थाहरुले ‘फिबर क्लिनिक’ बन्द गरेको भन्दै अविलम्व सञ्चालन गर्न मन्त्रालयले निर्देशन दिएको छ ।

सामाजिक विकास मन्त्रालयले आकस्मिक र फिबर क्लिनिक बाहेकका अन्य सेवा बन्द गर्न निर्देशन दिएपनि कतिपय स्वास्थ्य संस्थाहरुले फिबर क्लिनिक पनि बन्द गरेको गुनासो आएपछि सञ्चालन गर्न निर्देशन दिएको हो ।

मनोज दाहाल

पत्रकार

प्रतिक्रिया