कसरी घरमा बस्ने ?

अरुणराज सुमार्गी २०७६ चैत १८ गते ११:४९ मा प्रकाशित

घर आफ्नै हो, कोठा आफ्नै हो, सब आफ्नै हो । अनि किन हामी भित्र बस्दा आराम वा चैन लिन सकीरहेका छैनौ ? यो अहम प्रश्न हामीले हामीलाई नै गर्ने बेला आएको छ । आफुले वा आफ्नाले मेहनत गरेर बनाएको घर\बहाल कोठा वा बस्ने ठाउँ आफ्नो हो भन्ने थाहा हुदाँहुदाँ पनि किन हामी हाम्रो घर भित्र सुरक्षाको लागि बस्न सकिरहेको छैनौ ? आमा बाआमा छोराछोरी वा परिवारको भएको जे जती सदस्यहरु को बीच हामीले हामीलाई किन सहज बनाउन सकीरहेका छैनौं ? एकपल्ट तपाईँले तपाइलाई सोध्ने बेला आएको छ । छोराले बाबुलाई बाबुले छोरालाई आमाले छोरीलाई छोरीले आमालाई सोधी हेरौं । हिजो हामीले व्यतीत गरेको जीवनशैलीले हामीलाई लामो समय एकै ठाउँमा बस्दा असहज बनाई राखेको छ । केही हाम्रा नराम्रा आचरणले केही हाम्रो आधुनिकताको जीवनशैलीले यो यस्तो अवस्था आएको हो ।

जहाँ सरकार र परोपकारी तथा डाक्टरहरुले हामीलाई भनी रहेका छन्, सोसल डिस्टेन सामाजिक दुरी । यो सामाजिक दुरीले हामीलाई पारिवारिक सामिप्यतामा ल्याई रहेको छ । समय र अवस्थाले हामीलाई पाठ सिकाई रहेको छ । हामी नेपाली कहिले पनि कसैको दास र अधिनमा रहेनौं । त्यसै कारण हामी र हाम्रो समाजको आचरण र व्यवहार विश्वको अरु देशको भन्दा फरक छ । यो हाम्रो संस्कृति बनी सकेको छ । तर समयले हामीलाई परिवार संग मिलेर बस्ने अवसर दिएको छ । हिजो हामी समाजको लागि धेरै काम गर्नको लागि आफ्नो दिनचर्यालाई व्यतित गरि रहेका थियौं । त्यसले हामीलाई परिवारबाट टाढा पु¥याई सकेको रहेछ, आउ अब यो समयमा हामीले हामीलाई पारिवारिक बनाऔं ।

कसरी हामी पारिवारिक हुने भन्ने बारे केही चर्चा गरि रहेको छु ।

घरमा भएको अग्रज (ठुला)हरु के चाहान्छन्, पहिला त्यसमा ध्यान दिनुप¥यो । विना झर्कोमानी उहाँहरुले भनेका र समाज र हाम्रो बारेमा बनाउनु भएको धारणालाई सुन्ने, दोस्रो सानासाना घरका सदस्यहरुका सुन्ने सुनाउने । यो बेलामा आफुले लाद्ने वा थोपार्ने होइन बच्चाहरु संग खेल्ने, यो बेला पढाई गृहकार्यका कुराहरु गर्ने होइन, पहिला केहि दिन आफु कम बोल्ने उहाँहरुलाई बोल्न दिने । विषयवस्तुहरु भने आफुले प्रवेश गराउन कोशिस गर्ने, राम्रो गीतहरु,भजन/प्रवचनहरुको तयारी गरि दिने, ति मध्ये छान्ने कार्यको लागि उनीहरु/उहाँहरुलाई छोडीदिने, खासगरि यस्तो अवस्थामा श्रीमती वा आमाहरुलाई खास ध्यान दिने, संगै बस्ने, खाना पकाउदाँ र खुवाउदाँको अनुभवलाई प्रसय दिने, सक्नु हुन्छ भने भान्छामा सहयोग गर्ने, भान्छा कोठाको सफाईमा हात बटाउने, आमा श्रीमतीलाई मन पर्ने खाना,गाना र नानाको बारेमा सोध्ने काम गरीदिनुहोस् ।

यदी कान काजी आमा, श्रीमती हुनु हुन्छ भने बाहिरको भन्दा घरभीत्रको सफल पक्षहरुको बारेमा कुरा गर्ने, उहाँहरुको तर्फबाट आयो भने बाहिरको अफ्ठाराहरु बारे पनि प्रवेश गर्ने यस्तो बेला भुलेर पनि आफ्नो कार्य, बैंक मौजात वा आवश्यकता वा अपुरो कार्यहरु बारेको कारण झर्कोफर्को नगर्ने,आफ्ना साथीभाई संग कुरा गर्नु छ भने अलिपर गएर उनी/उहाँहरु डिस्टप नहुने गरि गर्ने । सकिन्छ भने यो बेला बढी फोन नचलाउने यदि आफुले कम चलाए बच्चाबच्चीहरु श्रीमतीलाई पनि भन्न सजिलो हुन्छ, स्वत उहाँहरुले पनि कम चलाउनु हुन्छ ।

यो त भयो वातावरण सहज बनाउने तरिका । अब थप के गर्न सकिन्छ भने त्यस तर्फ ध्यान दिने, समाचारलाई बढी प्राथमिकता नदिने आवश्यकतामा मात्र सुचना प्राप्त गर्ने सम्म हेर्ने र हेर्न दिने । समय तालिका बनाउने, आफुले पहिले अनुशरण गर्ने अनी सबैलाई त्यसको लागि तयार पार्ने ।
अब हेर्नुहोस तपाइको घर बसाई कति सरल र सहज बनीरहेको छ । कोरोना भाइरसले हाम्रो समाजमा पार्न सक्ने दुसप्रभाव र सकारात्मक परिवर्तन बारे सोच्ने र भन्ने विश्व स्वास्थ्य संगठन र विश्वका अन्य आधिकारिक निकायले प्रेसित गरेको सुचना संग जोडिने र त्यसको सहि समाचार संग सबैलाई (रुबरु) जानकारी गराउने । आफ्ना धर्म र संस्कारको कुराहरु पनि दिनमा उपयुक्त समयमा आफुद्धारा, गुरुद्धारा वा रेडियो, युवट्युवबाट बारे चर्चापरिचर्चा गर्ने आफ्नो विगतको संघर्ष तथा कोशिसका कथाहरु पनि सुन्ने सुनाउने गर्नु पर्दछ ।

यदि हामीले यो लक डाउनलाई यो भाव संग बाँच्न सक्यो भने अरु थप महिना लक डाउन हुँदा पनि हामी पारिवारिक सुव्यवस्था मिलाउन सक्छौं । र यो महामारीको कारण हामीमा पनि मनोदसाबाट बाँच्न सघाउने छौं । कोरोना भाइरसका कारण हामी र हाम्रो समाजमा पर्ने आर्थिकमार लगायत विषयमा हामी यो महामारी पछि पुःन चर्चा गरौला, संघर्ष गरौला । हिजोपनि संघर्ष नै गरेका हौं । जीवनचक्रमा सधैं मानव जातीले संघर्ष र मेहनत नै गर्नुपर्ने हुन्छ र गरेका पनि छन् ।

अन्तमा फेरी घर नै मन्दिर हो घरमा सबै सदस्य भगवान हो, आमाको रुपमा माता भगवती,काली सरस्वती सबै रुप देखिन्छ, अन्य बालकहरुमा कृष्णको बासुरीँको धुन सुनिन्छ । योद्धारुपमा को रुपमा घरका वैशक सदस्यहरु देखिनेछन्, । सबैको भलाई बस्नुमा छ ।

 

प्रतिक्रिया