व्यावसाहिक वकिल समाज (प्रोफल) बाट जारी प्रेस विज्ञप्ति

इनेप्लिज २०७६ चैत १८ गते १०:५१ मा प्रकाशित

 


यस प्रोफल को राहत सहायता वितरण कार्यक्रम अन्तगत बुटवल उपमहानगरपालिका वडा नं. १६ मा लकडाउनको प्रभावबाट दैनिक छाक टार्न समस्यमा परेका अतिविपन्न त्रिचालिस परिवारलाई र लुम्बिनी अपाङ्ग दृष्टिबिहिन अनाथ आश्रम लाई उनीहरुको घरघर मा पुगी एक हप्ताका लागी आवश्यक दाल, चामल, नुन, तेल समेतका खाद्य सामग्री बितरण गरियो । यो पुनित कार्यक्रम उक्त १६ नं. वडा कार्यलयको व्यवस्थापन सहयोग र ने.क.पा १६ वडा कमिटि को संयोजन र सहजीकरण बाट सम्पन्न भएको थियो । वितरण गरिएको खाद्य सामग्री आफ्ना स्वर्गीय पिताश्री गोविन्द वियोगीको स्मृतीमा छोरी रोशनी वैद्य मलेगो, छोरा ज्योति वैद्य र छोरी डा. चादनी वैद्य श्रेष्ठले दानस्वरुप उपलब्ध गराउनु भएको थियो ।

उक्त कार्यक्रम सफल गर्न सहयोग गर्ने १६ नं. वडा अध्यक्ष राम प्रसाद रेगमी एवं १६ नं. वडा कार्यालय परिवार, ने.क.पा. वडा कमिटि वडा नंं. १६ का अध्यक्ष कमरेड रामराज तिवारी र खाद्य सामग्री दाताहरु समेतलाई यस प्रोफल ले हार्दिक धन्यवाड ज्ञापन गर्दछ ।

कमल प्रसाद मलेगो
अध्यक्ष
व्यावसायीक वकिल समाज (प्रोफल)
बुटवल
२०७६।१२।१८

प्रतिक्रिया