भारतबाट आएकाहरु क्वाईरेन्टाईनमा नबस्दा गाउँबासी त्रसित , गाउँपालिकाभरीमै छैन तापक्रमनाप्ने गनथर्मामिटर

वीरेन्द्र रावल २०७६ चैत १८ गते १०:३५ मा प्रकाशित

वीरेन्द्र रावल,

धनगढी,चैत्र १८ । कैलाली जिल्लाको दुर्गम पहाडी गाउँपालिका मोहन्याल ( साविक पण्डौन,सुगरखाल,मोहन्याल) मा भातरबाट पुगेका मानिसहरुले सरकारको उर्दिलाई समेत अटेर गर्दै क्वाईरेन्टाईनमा नबसेर सोझै घर प्रवेश गरेपछि क्रोनाको संक्रमण फैलिने पो होकी भनेर त्रसित बन्न पुगेका छन् मोहन्याल गाउँपालिकाका बासिन्दाहरु ।

कैलाली जिल्लाको २८ प्रतिशत भुभाग ओगटेको चुरे क्षेत्रमा पर्ने क्षेत्रफलमा सबै भन्दा ठूलो मोहन्याल गाउँपालिकामा भारतबाट पुगेका १सयको संख्यामा मानिसहरु होम क्वाईरेन्टाईनमा बसेका छन् भने २ सय ५२ जना मानिसहरु लक डाउनलाई उल्लंघन गर्दै रातीको सममा गाउँ प्रवेशको कुरा मोहन्याल गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृत जयनन्द जैशीले बताउनु भएको छ । उहाँले भन्नु भयो ः रातीको समयमापनि दैनिक रुपले ५ देखि १० जनाको संख्यामा मानिसहरु प्रवेशगर्ने गरेको भएपनि उनिहरु क्वाईरेन्टाईनमा बस्नु पर्ने डरले दिनमा घरमै लुकी बस्ने गरेको गुनासाहरु सुनिने गरेको कुरा मोहन्याल गाउँपालिकाका अध्यक्ष नवलसिंह रावलले बताउनु भयो ।

अध्यक्ष रावलले भन्नु भयो ः प्रत्येक वडामा जनप्रतिनीधिहरुलाई वडामा क्वाईरेन्टाईन बनाउनका लागि वडास्तरीय संयन्त्र बनाएर क्वाईरेन्टाईन बनाएको भएपनि मानिसहरुले अटेर गर्दे घरमा प्रवेश गर्ने गरेको गुनासाहरु सुनिन थालेका छन । उहाँले भन्नुभयो ः गाउँपालिमा सुरक्षाकर्मीको अभाव भएका कारण पनि मानिसहरुले कानुन मिच्ने र सरकारको उर्दिलाई अटेर गर्ने गरेको देखियो ।

मोहन्याल गाउँपालिका वडानम्बर ६ स्थित राष्ट्रिय माध्यामिक विद्यालयमा १० वटा क्वाईरेन्टाईन बनाइएको भएतापनि भारत बाट गाउँमा प्रवेश गरेका मानिसहरु नबसेर रित्ता अवस्थामा रहेको कुरा वडाअध्यक्ष टीका भण्डारीले बताउनु भयो । उहाँले भन्नु भयो ः गाउँमा शर्तकता अपनाउने कार्यमा वडा कार्यालयले कुनै कसर नराखेको भएतापनी केहि अटेर गर्ने व्यक्तिका कारण गाउँमा समस्या सृजनाभएको हो । तर पनि गाउँवासीहरुलाई सतर्क गराउने र लक डाउनलाई सफल बनाउनकालागि वडा कार्यालयले निरन्तर रुपले कार्य गरिरहेको पनि वडाअध्यक्ष भण्डारीले बताउनु भयो । सो गाउँपालिका वडानम्बर २ लेतेखालीका रमेश सापकोटाले भन्नु भयो : भारतबाट गाउँमापुगेका ५ जनाक्वाईरेन्टाईनमानबसेर सोझै घरमाप्रवेश गरेपछि घरकामानिसहरु त त्रसितथिएनै ,गाउँभरीका मानिसहरुले समेत संत्रासमा बस्नुपर्ने अवस्था आएको छ ।यस्तै वडानम्बर ४ स्थित आधारभूत विद्यालय खलुबलुमा भारतबाट पुग्ने मानिसहरुकालागि १० वटा बेडतयारी अवस्थामा राखिएको भएता पनि क्वाईरेन्टाईन मान बसेर मानिसहरु सोझै घरमा प्रवेश गर्ने गरेको बताउनु हुन्छ ः सो विद्यालयका प्रधानाध्यापक भुवन बोगटी । बोगटीले भन्नु भयो : भारतबाट आएकाहरुलाई सम्झाउँदा समेत अटेर गरेर घरमा प्रवेश गरेका र १० जनालाई मात्र क्वाईरेन्टाईनमा राख्न सफल भएका छौं ।

सरकारले लक डाउन गरेको दोस्रो सातमामात्रै बल्ल तल्ल विभिन्न ठाउँबाट खरिद गरेर ल्याइएका ३० सेट पिपि सेट गाउँपालिका विभिन्न वडाहरुमा वितरण गरिएको कुरा मोहन्याल गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृत जयानन्द जैशीले बताउनु भएको छ ।

गाउँपालिकामा ज्वरो नाप्ने गन थर्मामिटर नभएका कारण पनि ज्वरो आएका मानिसहरुलाइ तापक्रम नाप्ने समस्या सृजना भैरहेको बताउनु भएको छ । प्रदेश सरकारसंग आवश्यक सामग्री सलपब्ध गराई दिनहुनकालागि माग गर्दा समेत आज भोली भन्दा भन्दै दिनहरु गन्दै बस्नु परेको जैशले गुनासो पोख्नु भयो ।

वीरेन्द्र रावल

वीरेन्द्र रावल पत्रकार/लेखक हुनुहुन्छ ।

प्रतिक्रिया