शनिबार, जेठ १७ २०७७
काठमाडौं २०:५०
वासिङटन डिसी 11:05

दश लाखले कोरोना भाइरसको जाँच गरे : राष्ट्रपति ट्रम्प

इनेप्लिज २०७६ चैत १८ गते ०:१२ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रभरि दश लाख मानिसले कोरोना भाइरसको जाँच गरेको बताएका छन् । उनले सोमबार व्हाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा उक्त कुरा बताएका हुन् ।

“आज हामी कोरोनाभाइरस विरुद्धको आफ्नो युद्धको ऐतिहासिक महत्वपूर्ण प्राप्तिमा पुगेका छौं। १० लाख भन्दा बढी अमेरिकीहरूले कोरोना भाइरसको परीक्षण गराई सकेका छन् उनले भने ।

अरू कुनै पनि देश भन्दा धेरै संख्यामा जाँच गरिएको “ट्रम्पले ह्वाइट हाउस स्थित रोज गार्डनमा पत्रकारहरूलाई भने। यसै गरि स्वास्थ्य र मानव सेवाका सचिव एलेक्स अजारले परीक्षण निकै महत्वपूर्ण प्राप्ति भन्दै यति धेरै परीक्षण कुनै पनि देशले नगरेको बताए ।

उनले अगाडी भने हरेक दिन १ लाख नमुना परीक्षण गरि रहेको भने । राष्ट्रपति ट्रम्पले कोरोनाभाइरसको प्रकोप रोक्नको लागि ३० दिन महत्वपूर्ण छ,पत्रकारलाई भने ।

श्रोत : सिएनएन

प्रतिक्रिया