शनिबार, मंसिर १३ २०७७
काठमाडौं ११:३४
वासिङटन डिसी 00:49

भर्जिनियाका गभर्नरद्वारा घरमै बस्न आदेश जारी

उल्लङ्घन गरे एक बर्ष कैद र २५ सय डलर जरिवाना

इनेप्लिज २०७६ चैत १७ गते २०:०३ मा प्रकाशित

भर्जिनियाका गभर्नरले घरमै बस्न आदेश जारी गरेका छन् । गभर्नर राल्फ नोर्थमले घर मै बस्ने आदेश दिदै खाध्य सामग्री,आपूर्ति,चिकित्सा हेरविचार,काममा जान ,ताजा हावा लिन र कसरत गर्न निर्देशन दिएका छन् ।

उनको कार्यकारी आदेश मेरिल्याण्डका गभर्नर ल्यारी होगन जस्तै रहेका छन् । उनले दिएको आदेश जुन १० सम्म हुने र आज मार्च ३० देखि लागु हुने जनाएका छन् । यधपी उनले यो आदेश समय पुग्नु अगाडी पनि रद्ध गर्न सक्ने छन् ।

आदेशको उल्लङ्घन ए श्रेणीको अपराध हुनेछ । साथै एक वर्षको कारागार र $ २५ सय डलर सम्मको जरिवाना हुने जनाएका छन् । गभर्नरले पहिले नै अनावश्यक (नन एसेनसिएल)व्यवसायको संचालन सीमित रहेको र ठूला सार्वजनिक जमघट प्रतिबन्धित छ उनले भने ।

“धेरै जसो भर्जिनियावासीहरू सामाजिक दूरीका दिशानिर्देशहरूको पालना गरि रहेको बताए । “तर यो स्पष्ट छ कि अरूले यो आधारभूत सन्देश सुन्नु पर्छ: घर बस्नु होस्,” नोर्थमले सोमबार दिउँसो पत्रकार सम्मेलनमा उक्त कुरा भने ।आदेशको कार्यान्वयनको सम्बन्धमा नोर्थमले भने: “यो समय मानिसहरूलाई कारागारमा हाल्ने हैन ,यो त्यस्तो समय हो जब म सबै भर्जिनियावासीहरूले यो पालना गर्ने आशा गर्दछु।”

“यदि हामीले भर्जिनियामा जहाँसुकै मानिसहरू भेला भएको देख्यौं भने, विशेष गरी उद्यान (पार्क) र समुद्री किनारमा ,हाम्रा प्रहरीले उक्त आदेश लागू गर्नेछ उनले भने । गभर्नरले हाम्रा समुन्द्र किनारा र अन्य मनोरंजन क्रिडा स्थलहरु सप्ताह अन्तमा भिड भएका देखेका छौ । जो सुकै भिडमा जम्मा हुन्छन भने अरुलाई जोखिम बनाउने छन् उनले भने ।

किराना पसलमा जान गभर्नरको आदेश अन्तर्गत अझै अनुमति दिइन्छ, नोर्थमले सम्भव भएमा हिडडुल रोक्न दबाब दिए। “केवल एउटा चीजको लागि पसल मा नजाऊनुहोस् भन्दै तपाईंसँग पूर्ण सूची नभएसम्म कुर्नुहोस्,” उनले भने।

चमेना गृहबाट किनेर लान पाइने ,उनीहरुले ढुवानी गर्ने र १० जना भन्दा कम जम्मा हुन पाइने अझ अनुमति दिइएको छ । गभर्नरले भर्जिनियामा आधा भन्दा ज्यादा कोभिड-१९ संक्रमितहरु ५० बर्ष भन्दा मुनी उमेरका बताए ।

गभर्नरले थपे, “हामी सामाजिक दुरीबाट धैर्य हुनु आवश्यक छ,” भन्दै, “परिणामहरू देखाउन यसले समय लिने छ।”

श्रोत : डब्लुटिओपी डटकम

प्रतिक्रिया