शनिबार, जेठ १७ २०७७
काठमाडौं १९:३२
वासिङटन डिसी 09:47

भर्जिनियाको आर्लिंगटन पसलमा लुटपाट गर्ने किशोरमाथि गोली प्रहार

इनेप्लिज २०७६ चैत १७ गते १५:१३ मा प्रकाशित

अमेरिकाको भर्जिनिया राज्यको आर्लिंगटन शहरको एक व्यवसायमा लुटपाट गर्ने किशोर माथि गोली प्रहार गरिएको छ । उक्त किशोरसंगै अन्य २ जना सहितले पसलमा जबर्जस्ती फोडेर नगद र अन्य चिज चोर्ने हुँदा किशोरलाई कर्मचारीले गोली हानेका हुन् ।

आर्लिंगटन काउन्टीक प्रहरीले उक्त व्यवसायले थुप्रै आरोप खेप्नु पर्ने भएको छ । गत आइतबार किशोरहरुले पसलमा तोडफोड गरेका थिए । आइतबार बिहान ४:५३ मा प्रहरीलाई खबर गरे पछि प्रहरीहरु त्यहा पुगेका थिए ।

प्रहरीले अझ सम्म पनि उक्त व्यवसायको पहिचान गरि नसकेको जनाएका छन् । उक्त पसलका एक कर्मचारी भित्रि सुरक्षित कक्षमा भएको समयमा कर्मचारीले बन्दुक ल्याई संदिग्धहरु मध्ये एकलाई गोली प्रहार गरेको प्रहरीले जनाएका छन् ।

तर किशोर गम्भीर भएता पनि खतरनाक नभएको प्रहरीले जनाएका छन् । प्रहरी आउनुअघि नै दुई अन्य किशोरहरु भागेका थिए । उक्त पसलका ३३ बर्षिय कर्मचारीको पहिचान भएको छ भने उनको नाम हमजेह अबुशारिहा र डिसीका निवासी हुन् ।

भर्जिनिया राष्ट्रमंडलको अधिवक्ता कार्यालयले अबुशारिहालाई द्वेषपूर्ण चोटपटक, बन्दुक लापरवाही तरीकाले चलाएको र सुरक्षात्मक आदेशको उल्लंघनको आरोप लगाएको छ ।

प्रहरीका अनुसार बुशारिहालाई धरौटीबिना पक्राउ गरिएको छ भने घटना बारेमा प्रहरीले अनुसन्धान गरि रहेको छ ।

श्रोत : डब्लुटिओपी डटकम

प्रतिक्रिया