‘लकडाउन’को समयमा पारिवारिक हिंसाका घटना वढी

टंक पन्त २०७६ चैत १७ गते १३:१९ मा प्रकाशित


काठमाडौं । लकडाउनको पांचौ दिन काठमाडांैको टोखा नगरपालिका बानियाटार निबासी एकजना पुरुषले नेपाल प्रहरीको महिला सेलमा फोन गरेर भने—म घरमै बस्न नसक्ने भए के गर्ने होला ?

महिला सेलमा फोन उठाउने प्रहरी अधिकृतले सोधिन्- के भयो ?

ती पुरुषले थपे — लकडाउन भएको दुइदिनदेखि घरमा श्रीमतीसंग निरन्तर भएको झगडाले श्रीमान श्रीमतीबीचनै लकडाउन मात्रै भएको छैन, संगै बस्नै नसक्ने अबस्था सिर्जना भएको छ । के गरौं, प्लिज सहयोग गरिदिनुस न ।

महिला सेलमा फोन उठाएकी प्रहरी अधिकृतले बिनम्र भएर अनुरोध गरिन् —यस्तो संकटको बेला त झन मिल्ने , बिगतका कमीकमजोरीका बारेमा छलफल गर्ने , जस्को कमजोरी भएपनि अबदेखि यो सबन्धलाई गाढा बनाएको अनुभुति दिलाउने गरी ब्यबहार गर्ने पो गर्नुपर्छ नि हजुर ।

ती पुरुषको भनाइ फरक थियो — मिल्ने त सभावना नै छैन, सांझ बिहान दिउसो जतिखेर पनि झगडा भएको छ । छोरा छोरी पनि मेरो पक्षमा नभएर श्रीमतीकै पक्षमा छन् अनि म कसरी बस्न सकु ?

उनी रोकिएनन् । भने – म अहिले महादेबस्थान बस्ने मेरो काकाको घरमा आएर फोन गरिरहेको छु , मेरो काकाले महिला सेलमा फोन गर सहयोग हुन सक्छ भन्नुभएको हुनाले पनि गरेको हुं ।

उनको लामो कुरा सुनिसकेपछि प्रहरी अधिकृतले भनिन् —अहिले केही गर्न सकिदैन तपाइहरु मिलेर बस्नुहोस्, हुदै भएन भने लकडाउन अन्त्य भएपछि जाहेरी दिनुस, आबश्यक कारबाही गरौला ।

पहिले देखि नै बेमेल भएको परिबारमा २४ सै घण्टा एकै ठाउ भएपछि सानातिना कुरामा पनि झगडा हुन सक्छ । बाबुले आमालाई बिभिन्न आरोप लगाएर कुट्दै गर्दा छोराछोरीले रुंदै फोन गरेका घटना पनि रेकर्डमा आएका छन त्यस्ता घटनामा भने नजिकको प्रहरी पठाएर आबश्यक कारबाही गर्ने गरिएको महिला सेलले जनाएको छ । महिला सेलकी अधिकृत गीता थापाले भनिन् —लकडाउन अन्त्य भएपछि घरेलु हिंसाका जाहेरी धेरै आउने संभावना छ ।

लकडाउनका बेला सांझ बिहान तरकारी लिन निस्किनुभएका धापासी निबासी बैंकर्स बिष्णु पोखरेलले पनि यो समयमा पारिवारिक हिंसा थपिएको महसुस भएको वताउनुभयो ।

लकडाउनको समयमा धेरै घर बसिरहदा के के कुरा मिल्दो रहेन्छ अनि श्रीमान श्रीमतीबीच झगडा भएर गेट बाहिरसम्म लछार पछार गदेै आएको मैले पनि तीन चार घटना देखे, उहांले भन्नुभयो, म सहित अन्य नजिकका साथीहरुले सम्झाउने प्रयास गरेका थियौ ।

घरेलु हिंसा सबन्धी बिद्यावारिधि गर्नुभएका बरिष्ठ अधिकारकर्मी डा. माधुरी सिंह अहिलेको संकटको बेला उत्पन्न हुने अन्य तनाबले अन्तत पारिवारिक हिंसाको रुप लिएको वताउनुभयो ।

सानातिना कुराले ठुलो रुप लिन सक्छ यसर्थ परिबारले यो महामारीले गर्दा घरमा सबै जना बस्न पाएकोलाई केही साना तिना कुरामा अनमेल भएपनि मिल्नका लागि यो लकडाउनलाई अबसरको रुपमा लिनुपर्छ, सिंहले भन्नुभयो ।

प्रतिक्रिया