परपुरुषसंग गाउँलेले रंगेहात भेटेपछि स्वास्नी हराईन, फर्केर आउन श्रीमानको आग्रह (भिडियो)

इनेप्लिज २०७६ चैत १७ गते ११:२९ मा प्रकाशित

पर्वतका रामबहादुर दर्जी दुई महिना अघि मात्र रोजगारीको शिलशिलामा दुबई गएका थिए । गएको एक महिना पनि हुन नपाउँदै गाउँबाट खबर आयो श्रीमती अर्कैसंग गईन् । गाउँलेहरुले उनलाई फोन गरेपछि रामबहादुर दुबईबाट कोरोनाको समेत डर नमानी नेपाल आए । कोरोनाको त्रास त्यो बेला इटालीमा बढी थियो । उनी आएको करिब एक हप्तापछि नेपाल सरकारले पनि लकडाउन गर्यो ।

उनी नेपाल आएपछि श्रीमती हराएको र खोज्नको लागी जिल्ला प्रहरी कार्यालय पर्वतमा गए, त्यतीले मात्र उनको मन मानेन, उनी पोखरा आएर र जिल्ला प्रहरी कार्यालय कास्कीमा पुगेर पनि निवेदन दर्ता गराए । उनले खोज्दा र निवेदन दर्ता गराउने बेला सम्म नेपालमा लक डाउन सुरु भयो । लक डाउनका कारण सबै कुराहरु ओझेलमा पर्यो र उनी हाम्री कहाँ आए ।

गाउँलेहरुले जे जस्तो अवस्थामा उनकी श्रीमती देखेपनि उनी भने फर्केर आउन आग्रह गर्छन् । साना बच्चाहरु छन बच्चाहरुको रेखदेखका लागी भए पनि आउनका लागी रामबहादुर दर्जीले श्रमिती कमला दर्जीलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया