एक हजार थान पिपिइ प्राप्त– स्वास्थ्यकर्मीहरुको सुरक्षा सरकारको दायित्व

मनोज दाहाल २०७६ चैत १७ गते ११:०७ मा प्रकाशित

मनोज दाहाल,

विराटनगर, १७ चैत । सरकारवाट प्रदेश नं १ का अस्पतालमा कोभिड–१९ बाट प्रभावितको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुले लगाउने व्यक्तिगत सुरक्षा उपकरण(पिपिइ) एक हजार थान आज प्राप्त भएको छ ।

सामाजिक विकास मन्त्री जीवन घिमिरेले नेपाली सेनाको स्काई ट्रक मार्फत ढुवानी गरेको पिपिइ सामाग्री विराटनगर विमानस्थलमा आज ग्रहण गर्नु भयो । सामाजिक विकास मन्त्रालयमार्फत यस क्षेत्रका १३७ निकायमा रहेका स्वास्थ्य संस्थालाई उक्त पिपिइ सामानुपाति ढंगले वितरण गरिने भएको छ।

सरकारले उक्त एक हजार थान पिपिइ (५० वक्सा) स्काई ट्रक मार्फत पठाएको हो र प्राविधिक कारणले भोलि देखिसेनिटाइजर, मास्क लगायतका अन्य थप स्वास्थ्य उपकरण ढुवानीका अन्य साधान प्राप्त हुने मन्त्रालयले जनाएको छ ।

उक्त पिपिइ आजदेखि प्रदेशका स्वास्थ्य संस्थामा वितरणका लागि पठाइने भएको छ।

प्राप्त पिपिई विपी कोइराला स्वास्य विज्ञान प्रतिष्ठान धरानमा १५०, प्रदेश अस्पताल कोशीमा १५०, केही दिनभित्र सञ्चालन हुने विराटनरको करोना अस्पतालमा दुई सय,मेची अस्पताल ४६, मोरङ ३४, ताप्जेजुङ्ग १८,,सुनसरी २४,धनकुटा १४,तेह्रथुम १२, संखुवासभा २० इलाम २०,ओखलढुङ्गा, २०, तेह्रथुम १२, खोटाङ्ग २०, झापा ३०, पाँचथर १६, भोजपुर १८ र उदयपुरमा १६ बटाका दरले जनस्वास्थ्य मार्पmत वितरण गर्ने भएको छ।

सामाजिक विकासमन्त्री घिमिरे स्वास्थ्यकर्मीहरुको सुरक्षा सरकारको पहिलो प्राथमिकता हो भन्दै उहाँहरुलाई चाहिने स्वास्थ्य सुरक्षाका सवै उपकरणहरु सरकारले प्रवन्ध गर्ने विश्वास दिलाउनु भयो ।

मन्त्री घिमिरेले कोरोना संङ्क्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुलाई अतिरिक्त भत्ता, वीमा, आवास सहित खानपिनको व्यवस्था सरकारले गर्ने जानकारी दिनु भयो ।

मनोज दाहाल

पत्रकार

प्रतिक्रिया