क्रोनाबारे अनभिज्ञ राउटे समुदाय

वीरेन्द्र रावल २०७६ चैत १७ गते १०:१३ मा प्रकाशित

वीरेन्द्र रावल,

घुमन्ते जीवन शैली र परम्परागत रुपले जंगलमै बसोबास गर्ने (जंगलका राजा भनेर चिनिने) राउटे समुदाय यतिखेर मूलुक लक डाउनका कारण साँझ विहानको हात मुख जोर्ने स्रोत नभएका कारण संकटमा परेको छ ।

जंगलबाट शहरीया बन्न नसकेका तर शहरको राशन पानीले जीवन चलाई रहेका राउटे समुदाय सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका विभिन्न जंगलहरुमा अस्थाई रुपले बस्दै आईरहेका देखिन्छन् ।

डडेल्धुरा जिल्लाको जोगबुढा स्थित परशुराम नगरपालिकाको वडानम्बर १२ आमपानी स्थित ४० घरपरिवारहरु रहेका छन् । पछिल्लो समयमा उनिहरु सरकारले दिएको जग्गा जमिनमा बसोबास गरिरहेको भएतापनि , कैलालीको मोहन्याल गाउपालिकाको चुरे क्षेत्रमा अवस्थित तल्लापानी,सुर्खेत जिल्लाको सानीभेरी गाउँपालिकाको वडानम्बर २ सत्तरीस्थित छिन्चुखोलाको जंगलमा राउटेहरु अस्थाई रुपले बसोबास गर्दै आईरहेका देखिन्छन् । राउटे समुदाय जाडोको समयमा दैलेखको गुराउँसे गाउँपालिकाको जंगलबाट सुर्खेत जिल्लाको सानीभेरी नगरपालिका वडानम्बर २ सत्तरीको जंगलक्षेत्रमा बसाई सर्ने र स्याउँला र पालको ओत बनाएर बस्दै आएका देखिन्छन् ।

दैलेखको गुराँसेबाट सुर्खेत झरेका राउटेहरुको १ सय ५० को संख्यामा रहेको बताइएको छ । उनिहरुमा महिला,बालबालिका र बृद्वबृद्वाहरु समेत रहेका छन् ।डडेल्धुरा र सुर्खेत जिल्लाबाट उनिहरु मौशम अनुसार राउटेहरु दैलेख र कैलालीको चुरे क्षेत्रको जंगलमा गएर बसाई सर्ने गरेको पाइन्छ ।

परम्परागत रुपले जंगलमै बस्ने,जंगली जनावरको शिकार गर्ने, फलफुल,कन्दमूलले जीवन निर्वाह गर्दै आईरहेका राउटे समुदाय पछिल्ला बर्षहरुमा ग्रामिण बस्ती र शहर केन्द्रित हुने गरेको पाइएको भएपनि साँझ परेपछि आफ्नै समुदायमा गएर भेला हुने, बाँडीचुँडी खानेकुुराहरु खाने परम्परा रहेको छ ।

राउटेहरु सोझै शहरमा घर बनाएर वा सरकारले उपलब्ध गराई दिने कुनै पनि आवास देखि लिएर भौतिक सुविधालाई स्वीकार नगरि केवल खाद्यान्न,रकम उलपब्ध भए सम्म स्वीकार गर्ने गरेको पाइएको छ । सरकारले बनाई दिएको घर अनि जग्गा जमिनमा बसेपछि त आफ्नो जंगली राजाको पदनै गुम्ने खतरा रहेको भन्दै उनिहरुले सरकारले दिने भौतिक सुविधालाई बष्किार गर्दै पनि आईरहेका देखिन्छन् ।

एकै ठाउँमा स्थाई रुपले बसोबास गर्न नरुचाउने, गिठा,उत्तीस,सानन,हल्दु लगायतका जंगली काठका भाँडाकुँडा बनाएर त्यसैबाट खाद्यान्न साँटेर पेट गुजारा गर्दै आएका राउटे समुदायहरु पछिल्लो समयमा शहर बजार र वस्तीहरुमा समेत डुल्दै वस्तु विनिमय गर्ने गरेको पाइन्छ । बुढा पुरानाका अनुसार त उनिहरुले सामान बिक्री गरेर पैसा लिने चलन पछिल्लो समयमा आएर मात्र गरेको देखिन्छ । उनिहरुले विगतका बर्षहरुमा काठका कोसी,डाडु, मदानी,दही महि राख्ने ठेकी,काठका भकारी लगायतका सामाग्रीहरु बिक्री गर्दा त्यसबाफत खाद्यान्न मात्र लिने गर्दथे भने हाल आएर उनिहरुले मालसमान बिक्री गरेवापत रकम पनि बुझ्ने गरेका छन् । त्यसबाट प्राप्त रकमले खाद्यान्न खरिद गरेर जीविकोपार्जन गर्ने गरिरहेका छन् ।

राउटे समुदायमा भोकमरीको समस्या :

फिरन्ते राउटे समुदायको नत खेतबारीनै छ नत उनिहरु संग भण्डारणगरिएका खाद्यान्नका भकारीनै छन् । हुन त दिनभरी काम नगरि साँझ विहानको जोहो नचल्ने सुकुम्वासी,हलिया ,भूमिहीन, बेसहारा र धर्मसालामा रहेका मानिसहरुका लागि पनि साँझ विहानको जोहो समस्या छ तर उनिहरुको भन्दा राउटे समुदायका लागि निक कठिनतम समय केहि दिन यता सृजना भएको छ ।

राउटे समुदाय समूहमा बस्ने गर्दछन् । सरसफाईको दृष्टिकोणले राउटेहरुमा अलि जनचेतनाको निकै कमिपनि रहेको छ ।

दिनभरी डुलेर खाद्यान्न संकलनगरि पेट गुजारा चलाउने राउटे समुदायका लागि लक डाउनलेनिकै ठूलो असर पुगेको छ । शहर बन्द छ, गाउँघरमा हिंडडुल बन्द भएपछि साँझ विहानको जोहो चलाउनकालागि राउँटेहरुले जंगलका गिठा,कन्दमूलको भरमा पर्दापनि पाउन नसक्ने अवस्थाका कारण सुर्खेतको सत्तरीमा रहेको १ स५० जनाको परिवारमा भोकमरीको अवस्था सृजना हुने भएको छ ।

कोरोनाबारे अनभिज्ञ छन राउटेहरु :

संसार यतिखेर महाविप्तीमा छ । कोभिड १९ कोरोना भाईरसका कारण आज संसार त्रसित छ । चीनको बुहान शहरबाट फैलिएको कोरोना भाईरस विश्विभर फैलिनेक्रममा छभने नेपालमा पनि यसबाट ३ जना संक्रमित भएको भन्ने तथ्यांक बाहिर आईसकेको अवस्था छ । तर सत्तरीको जंगलमा अस्थाई रुपले पाल हालेर बसेका राउटेहरुका लागि नत कोरोनाको संक्रमणबाट बच्ने उपायबारे कसैले जानकारी दिएको छ नत उनिहरुसंग सावु पानीनै छ, नत उनिहरुले मास्कको प्रयोग गर्न सकेका छन् । राउटेहरुमा कथंकदाचित यो रोगको संक्रमण फैलिन गयो भने समूहमै बस्ने राउटे समुदायका लागि निकै ठूलो विप्ती आइलाग्ने वाला छ ।

राउटेहरुहरुको आवश्यक बन्दोवस्त गरिनु पर्ने : क्रोना मात्र नभएर अन्य विभिन्न रोगको संक्रमणबाट जोगाउनकालागि राउटे समुदायको अस्थाइ वस्ती रहेको जंगल क्षेत्रमा स्वास्थ्यकर्मी पठाउने ,उनिहरुलाई पनि नियमित चेक जाँच गर्ने र खाद्यान्न संकट उत्पन्न हुन नसिदनकालागि सरकारले राउटेका परिवारलाइ नुन,दाल,तेल,खुर्सानी लगायतका अत्यावश्यक वस्तुहरुको तत्काल आपुर्ति गरि मानवीय सहायता उपलब्ध गराउने तर्फ पहल हुन जरुरी देखिन्छ ।

तसर्थ जंगलका राउटेहरुको जीवनसञ्चालनका लागि ७ दिनको अवधीमा मात्र नभएर सरकारले थप लक डाउनको समय थप गर्नुपरेको अवस्थामा गाउँघरमा खाद्यान्नका लागि बिचरण गर्नुपर्ने अवस्था राउटे समुदायलाई आईलाग्ने भएकाले पनि नेपाल सरकारले लोपोन्मूख राउटे जातीको अस्थाई बसोवास गर्ने सत्तरी लगायतका क्षेत्रहरुमा बिशेष स्वयं सेवक ,सुरक्षा निकाय र स्वास्थ्यकर्मीहरु पठाएर उनिहरुको जीवनशैलीलाई सहज बनाउने दिसामा पहल गर्न ढिलाई गरिनु हुँदैन नत्र भने लोपोन्मूख राउटेहरुको जातीय र साँस्कृतिक अवस्था निकै जोखिममा पर्न जाने खतरा नआउला भन्न सकिदैन ।

 

 

 

 

वीरेन्द्र रावल

वीरेन्द्र रावल

वीरेन्द्र रावल पत्रकार/लेखक हुनुहुन्छ ।

प्रतिक्रिया