बिहीबार, भदौ ३१ २०७८
काठमाडौं २१:४२
वासिङटन डिसी 11:57

राष्ट्रपति ट्रम्पद्वारा थप ३० दिनसम्म घरमै बस्न सिफारिस

इनेप्लिज २०७६ चैत १६ गते २३:४७ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले थप ३० दिन सम्म घरमै बस्न सिफारिस गरेका छन् । उनले संघिय सरकारहरुले तयार गरेको घर मै बस्ने मार्गदर्शनलाई विस्तार गर्नुको साथै सिफारिस समेत गरेका छन् ।

राष्ट्रपति ट्रम्पले अमेरिकामा कोरोनाभाइरसको महामारीबाट बच्न एक महिनाको लागि स्वैच्छिक राष्ट्रिय बन्द विस्तार गरेका छन् ।

राष्ट्रमा कोरोना भाइरसको संक्रमण तिब्र वृद्धि भै रहेको अवस्थामा अर्को ३० दिन लाई उनले घोषणा गरेका छन् । उनले पत्रकार सम्मेलन मार्फत व्हाइट हाउस को रोज गार्डन (उद्यान)मा बोल्दै १५ दिन को म्याद मार्च ३० सोमबारका दिन सकिने हुनाले अर्को ३० दिन समय बढाएका हुन् ।

गत हप्ता उनले इस्टर अगाडी नै खोल्ने भनेका थिए । उक्त कुराको सर्वत्र टिका टिप्पणी भए पछि र उनलाई सुझाव,सल्लाह दिए पछि उनले समय परिवर्तन गरेका हुन् ।

संघीय दिशानिर्देशहले वृद्ध व्यक्तिहरू र पहिले देखि नै भै रहेका अवस्था भएका व्यक्तिहरू घर र अन्य व्यक्तिहरूबाट टाढा रहन, र सबै अमेरिकीहरूलाई सामाजिक जमघटबाट टाढा रहन, घरबाटै काम गर्न ,मध्यशाला र चमेनागृहहरू सफा राख्न सल्लाह र सिफारिस गरेको छ ।

राष्ट्रपति ट्रम्पले दुई स्वास्थ्य बीमाकर्ताहरुले कोरोनाभाइरस उपचारको लागी बिरामीहरुको भुक्तानी माफ गर्ने बताए । सिग्ना र हुमना दुबैले आफ्ना ग्राहकहरु मध्ये धेरैलाई कोभिड-१९ हेरचाहको लागि सह-भुक्तानी (को पे )तथा कोभिड-१९ को जाँच गर्दा लाग्ने छैन ।

सिग्नाले यस भुक्तानी गरिएको भुक्तानी सोमबार देखि सुरु हुनेछ र मे ३१ सम्म जारी रहने बताएको छ ।

श्रोत : एपी

प्रतिक्रिया