उत्तर कोरियाद्वारा जापानको समुन्द्रमा दुई क्षेप्यास्त्र प्रक्षेपण

इनेप्लिज २०७६ चैत १६ गते २०:३६ मा प्रकाशित

उत्तर कोरियाले जापानको समुन्द्रमा दुई क्षेप्यास्त्र प्रक्षेपण गरेको छ सैनिक अधिकारीहरूले जनाएका छन् । जापानको आत्म रक्षा शैनिक दलले मिसाइल देशको बिशेष आर्थिक क्षेत्र भन्दा बाहिर अवतरण गरेको बताएको छ।

“जापानलगायत सम्पूर्ण अन्तर्राष्ट्रिय समाजका लागि यो गम्भीर मुद्दा हो भन्दै उत्तर कोरियाले हालैमा बारम्बार मिसाइलहरू प्रक्षेपण गरेको छ,” सैनिक दलले जनाएको छ ।

“हामी जापानी नागरिकहरूको जीवन र सम्पत्ति जोगाउन सूचना र सतर्कता सङ्कलन र विश्लेषण गर्न यथाशक्य प्रयास जारी राख्छौं।” कोरियाली सेनाको प्रमुखले प्रक्षेपणहरु छोटो दूरीको क्षेप्यास्त्रहरु उत्तर वोनसन क्षेत्रबाट उत्तरी सागरमा बिहान ६:१० मिनेटमा उडाएको जनाएको छ ।

दक्षिण कोरियाका संयुक्त सेनाका प्रमुखले यो प्रक्षेपणलाई “पूर्ण अनुचित व्यवहार” को रूपमा संज्ञा दिएका छन् । र उनले भनेका छन् किनकि विश्वले कोभिड-१९ महामारीको सामना गरि रहेको अवस्था छ । दक्षिण कोरिया तथा अमेरिकाका गुप्तचर कार्यालयहरूले संयुक्त रूपमा विश्लेषणलाई अगाडि बढाइरहेका छन्,” सयुक्त फौजका प्रमुखले भने।

गत हप्ता पनि उत्तर कोरियाले पूर्वी समुद्रतर्फ छोटो दूरीको प्राक्षेपिक क्षेप्यास्त्र फ्याकेको थियो ।

श्रोत :बिबिसी

प्रतिक्रिया