दक्षिण कोरियामा कोरोना संक्रमित हुने भन्दा निको हुने संख्या बेसी

इनेप्लिज २०७६ चैत १६ गते १६:२३ मा प्रकाशित

दक्षिण कोरियामा कोरोना संक्रमित हुने भन्दा निको हुनेको संख्या ज्यादा भएको जनाएको छ । दक्षिण कोरियाको स्वास्थ्य अधिकारीले गत शनिबार मार्च २८ का दिन उक्त जानकारी गराएका छन् ।

कोरियाको रोक नियन्त्रण तथा रोकथाम केन्द्रक अनुसार ४ हजार ८ सय ८१ संक्रमित मामला(केस)छन् भने हाल सम्म ४ हजार ५ सय ९७ जना स्वस्थ भएको जनाएका छन् ।

“हामी यो विश्वास गर्दछौं कि जनताले गरेका निःस्वार्थ प्रयासहरूको परिणाम हो, जसले सामाजिक दूरीमा सक्रियताका साथ भाग लिने तथा कीटाणुनाशक प्रक्रिया कायम राख्नका लागि काम गरेका थिए,” केसीडीसीका उप निर्देशक क्वान जुन वूकले नियमित पत्रकार सम्मेलनमा भने।

जोन्स हप्किन्स विश्वविद्यालयको बिश्वब्यापी तथ्यांक अनुसार दक्षिण कोरियामा ९४७८ संक्रमित रहेको र १४४ जनाको मृत्यु भएको जनाएको छ । र दक्षिण कोरिया विश्वमा १० औं सबै भन्दा बढी घटना भएको मुलुक हो ।

श्रोत :युपिआई,तस्बिर :टाइम-आउट 

प्रतिक्रिया