लकडाउनवाट प्रभावित दुई सय विपन्न परिवारलाई राहत वितरण

मनोज दाहाल २०७६ चैत १६ गते १५:०८ मा प्रकाशित

मनोज दाहाल,

विराटनगर,१६ चैत । सरकारले कोभिड–१९ को सङ्क्रमण नफैलियोस भनी लागु गरेको ‘लकडाउन’का कारण प्रभावित अतिविपन्न परिवारलाई आज यहाँ खाद्यान्न राहत वितरण गरिएको छ।

नेपाल कम्यूनिष्ट पार्टी( नेकपा) वडा नं ८ कमिटीले अतिविपन्न तथा सिमान्तकृत परिवारलाई राहत आजदेखि वितरण शुुरु गरेको गरेको छ । विराटनगर महानगरपालिकाका वडा नं ८ का दुुइसय विपन्न सुुकुुम्वासी परिवारलाई प्रति परिवार पाँच केजी चामल, एक केजी दाल , एक केजी नुुन तथा हाथ धुुने सावुुन वितरण गरिएको वडा कमिटिका अध्यक्ष राम पोखरेलले वताउनुुभयो ।

हाटखोला, वलुुवाई तथा विश्वकर्मा टोलका सुुकुुम्वासी तथा विपन्न परिवारलाई राहत सामाग्री वितरण गरिएको हो ।

केहि भएपनि राहत पुुगोस भनेर उनीहरु वसोवास गर्दै आएका टोलवस्तीमा पुुगेर राहत वितरण गरिएको वडा कमिटिका अध्यक्ष पोखरेलले बताउनुुभयो ।

लकडाउनको प्रभावका कारण विहान वेलुुका छाकटार्न समस्या देखिएपछि केही राहत पुगोस भन्नका लागि राहत वितरण शुुरु गरिएको उहाँले बताउनु भयो ।

मनोज दाहाल

पत्रकार

प्रतिक्रिया