आँखामा सपना बन्दै

इनेप्लिज २०७६ चैत १६ गते १४:५४ मा प्रकाशित

मेरो सांगीतिक यात्राको पहिलो औपचारिक नेपाली आधुनिक गीत ‘ आँखामा सपना बन्दै ‘ । आई क्यान डान्सको ग्रान्ड फाईनलमा आफ्नो गीतको प्रस्तुति गर्दै । यस गीतका रचनाकार श्री किरण खरेल ,संगीतकार जुगल डंगोल,संगीत संयोजक राजिव शाह र गायिका म स्वयम । मलाई सहयोग,साथ दिनु हुने सम्पूर्ण प्रति आभार प्रकट गर्दछु । नव कलाकारलाई हौसला प्रदान गर्ने मौका दिनु भएकोमा आयोजक प्रति आभार ब्यक्त गर्दछु ।

आँखामा सपना बन्दै वस्दो रहेछ माया मुटुमा ढुकढुकी भै पस्दो रहेछ माया पहाडलाई कोमल कुहिरोले ढाके जस्तो संपूर्ण जिन्दगीलाई छोप्दो रहेछ माया तिमि – तिमि नहुने म पनि म नहुने एउटाको जे जति छ सबै दुवैको हुने म को हु के हु भन्ने दुवैले बिर्सिदिने बिचित्रको समागम हुदो रहेछ माया हिजो के थियो भोलि के हुन्छ थाहा हुन्न आजै हो मधुमास अरुक्यै चाह हुन्न सुनौलो अर्कै संसार भेटेको भान हुने नौलो अमर अनुभव दिदो रहेछ माया ।

प्रतिक्रिया