पोखरामा भेटियो अर्को पिपिई बनाउने ठाउँ, ५० हजार माक्स र पिपिई बनाईयो

इनेप्लिज २०७६ चैत १६ गते १३:०२ मा प्रकाशित

पोखरा महानगरपालिका वडा नं. ५ धारपानी मार्ग पोखरामा महिलाहरुले घर मै माक्स तथा पिपिइ निर्माणको काम थालेका छन् । वडा कार्यालयको सहयोगमा संचलित हाम्रो रचनात्मक गार्मेन्ट उद्योगमा काम गर्ने महिला दिदि बहिनीहरुले अहिले घर मै माक्स तथा पिपिइ निर्माणको काम गरिरहेको बताएका छन् ।

उनिहरुले अहिलेसम्म ५० हजारको हाराहारीमा माक्स उत्पादन गरेको त्यसलाई विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा पठाईएको जनप्रतिनिधि समेत रहेकी गार्मेन्टकी संयोजक अन्जु केसीले जानकारी दिनुभयो ।

प्रतिक्रिया