प्रदेश नं. १ मा कोभिड–१९ को आसङ्का गरिएका २३ नमूना नेगेटिभ

मनोज दाहाल २०७६ चैत १६ गते १२:१७ मा प्रकाशित

मनोज दाहाल,

विराटनगर, १६ चैत । प्रदेश नं १ वाट कोरोना भाईरस (कोभिड– १९) को आशङ्का गरिएका ३० विरामीहरुको थ्रोट स्वाव नमूना सङ्कलन गरि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाईएकोमा आज मध्यान्हसम्म २३ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

प्रदेश न १ आन्तरिक मामिला तथा कानून मन्त्रालय अन्तर्गत प्रदेश आपतकालिन कार्य सञ्चालन केन्द्र विराटनगरले अन्य सात जनाको रिपोर्ट आउन बाँकी रहेको जनाएको छ।

यस्तै प्रदेश नंं १ मा कोभिड–१९ को आशङ्का भएका विरामीहरुलाई राख्न निर्माण गरिएको आइशोलेशन र क्वारेण्टाइमा आजसम्म ५१२ जनालाई राखिएको छ ।

केन्द्रका अनुसार आइशोलेसनमा दुई महिला सहित आठ जनालाई राखिएको छ भने क्वारेन्टाइनमा ६२ महिला सहित ४०४ रहनु भएको छ।

होम क्वारेण्टाइन अन्तर्गत ९३ महिला सहित ६०९ जना सुरक्षाका लागि वस्नु भएको छ ।

मनोज दाहाल

पत्रकार

प्रतिक्रिया