कोरोनाले विश्व नै आतंकित

अनिलभक्त खरेल २०७६ चैत १६ गते १०:५६ मा प्रकाशित

अनिलभक्त खरेल ,अमेरिका, भर्जिनिया । २० खर्व २० अर्व अमेरिकन डलरको राहत प्याकेज पास भएपछि पनि कोरोना भाइरसबाट अमेरिकन बासीहरुको मृत्यु दरमा कमी आएको छैन । पछिल्लो समयमा आएर दैनिक ५-६ सयको हाराहारीमा मृत्यु हुनेको संख्या थपिन लागेको छ । सरकारी संयन्त्रलाई यस्तैनै गरी परिचालन गर्ने हो भने अमेरीकी जनजीवन कहालाही लाग्दो हुने विज्ञहरु बताई रहेका  छन् ।

न्युयोर्कमा कार्यरत डाक्टर नर्सहरु मात्रै होइनन् कि स्वयं न्युयोर्कका गभर्नर एन्ड्रियु कुमो तथा न्युयोर्क सिटीका मेयर बिल दि बलासियोले आफुहरुसंग पर्याप्त मात्रामा हस्पिटलमा प्रयोग हुने सामान अपुग रहको बताउनु र सो माग अझसम्म पुरा नहुनुले न्युयोर्कको अवस्था अझै झन् कहालीलाग्दो र दयनीय हुने त छँदैछ । न्युर्योको अलावा अन्य राज्यहरुमा देखिएको संक्रमति संख्या र मृत्युदर यस्तै तरिकाले बढ्दै जाने हो भने अबको ४ सातासम्म पुरै अमेरिकाभरि ८-१० लाख व्यक्ति संक्रमित हुने र ८-१० हजारको हाराहारिमानै मृत्यु हुने अहिलेको अवस्थाबाट आंकलन गरिन सकिन्छ ।

न्युकोर्कमा त अन्य विरामीको कुरै छोडौ जो गाडी दुर्घटनामा भएर उपचारको लागि अस्पतालमा आएका थिए जस्को पछि मृत्यु भयो ।

सो व्यक्तिमा पनि कोरोना भाइरस पोजिटिभ देखिनुले यो भाइरस जो कोहीमा पनि हुन सक्ने अनुमान गर्न सकिन्छ, जुन अमेरिकनबासीको लागि डर र चिन्ताको विषय छ । अमेरिकाको भयावह स्थिति देखेर नै विश्व आतंकित छ किनकी विश्वमा अमेरीकी अस्पताललाई भरपर्दो रुपमा हेरिने गरिन्छ । स्वयं अमेरीकनहरु प्रताडिप भएपनि विश्व नै डराइरहेको छ ।

हुन त कोरोना भाइरस रोगले मात्रै मानिसहरु मरेका होइनन् । यो भाइरसले भन्दा अन्य विभिन्न भाइरसहरुले धेरै मानिसहरु विगतमा मारिएका छन् । विगत हाम्रो पुस्ताले भोगेन र पो । विगत झन कहाली लाग्दो रहेको मर्नेको संख्याले बताउँछ ।

२ हजार वर्षमा कति मरे महामारीबाट ?

ईसं को सुरुदेखि १५ औं शताब्दीसम्म अर्थात् १४९९ सम्मको १५ सय वर्षमा झण्डै ३२ करोड जनसंख्या महामारीले मरेका थिए । सन् २५० देखि सन् २६६ सम्मस्मलपोक्सका कारण युरोपमा १० लाख मानिस मारिएका थिए । त्यस्तै एबिनगभ (प्लेग) का कारण सन् ५४१ देखि ५४२ को १ वर्षको अन्तरालमा युरोपको सम्पुर्ण जनसंख्याको ४० देखि ५० प्रतिशत अर्थात् २ करोड ५० लाखदेखि १० करोड मानिसको मृत्यु भएको बताइन्छ ।

अमेरिकाको भयावह स्थिति देखेर नै विश्व आतंकित छ किनकी विश्वमा अमेरीकी अस्पताललाई भरपर्दो रुपमा हेरिने गरिन्छ ।

त्यसैगरी सन् ७३५ देखि ७३७ को अवधि अर्थात् २ वर्षमा जापानिज स्मलपक्सको कारण जापानको जनसंख्याको एक तिहाइ अर्थात् झण्डै २० लाख जापानिज मरेको बताइन्छ ।

सन् १३३१ देखि सन् १३५३ को अवधिलाई महामारिको कालो दिन मानिन्छ । किनकि प्लेग (एबिनगभ) नाम दिइएको सो महामारीबाट युरोप, एसिया र उत्तर अफ्रिकामा २२ वर्षको अविधिमा १० देखि ६० प्रतिशत युरोपियन अर्थात् ७ करोड ५० लाखदेखि २० करोड सम्म मरेको बताइन्छ जस्लाई ब्लाक डेथ को नामले चिनिन्छ । पछि सन् १४८५ मा हन्ता भाइरसबाट बेलायत र युरोपमा थप १० हजार भन्दा बढीको मृत्यु भएको थियो ।

त्यसैगरी १६ औं र १७ औं शताब्दीमा स्मलपक्स का कारण सन् १५२० मा मेक्सिकोका ४० प्रतिशत जनसंख्या अर्थात् ५० लाख देखि ८० लाख मानिस मरेका थिए । त्यसैगरी सन् १५४५ देखि १५४८ को ३ वर्षको अवधिमा सालमोनेला इन्टरिका का कारण मेक्सिकोका जनसंख्याको ८० प्रतिशत अर्थात् ५० लाख देखि १ करोड ५० लाख मानिस मरेका थिए । त्यस्तै सन् १५६३ देखि १५६४ को १ वर्षमा प्लेगका कारण लण्डनमा २० हजार भन्दा बढी मानिस मरेका थिए ।

सरकारी संयन्त्रलाई यस्तैनै गरी परिचालन गर्ने हो भने अमेरीकी जनजीवन कहालाही लाग्दो हुने विज्ञहरु बताई रहेका छन् ।

त्यस्तै सन् १५७६ देखि १५८० को ४ वर्षको अन्तरालमा सालमोनेला का कारण मेक्सिकोका जनसंख्याको ५० प्रतिशत अर्थात् २० लाख देखि २५ लाखसम्म मानिस मरेका थिए । ६० वर्षको बिचमा महामारीका कारण मेक्सिकोमा मात्र झण्डै २ करोड ५० लाख मानिस मरेका थिए ।

सन् १५९२-९३ को प्लेगका कारण लण्डनमा १९९०० भन्दा बढी मानिस मरेका थिए । १५ औं शताब्दी मेक्सिकनका र लण्डनका लागि फलदायी रहेनन् । यो १०० वर्षको अवधिमा झण्डै ३ करोड मानिस महामारिका कारण मारिएका थिए ।

त्यसैगरी सन् १६१६ देखि १६२० को अवधिमा यल्लो फिवर, प्लाग्यु, स्मलपोक्स, चिकनपोक्स, हेपाटाइटिस बि र डि का कारण दक्षिणी नया इग्ल्याण्डका ३० देखि ९० प्रतिशत मानिस मरेका थिए ।

त्यस्तै सन् १६२९ देखि १६३१ सम्म प्लेगका कारण इटलीमा २ लाख ८० हजार मानिस मरेका थिए । त्यस्तै स्मलपोक्स का कारण १६३४ देखि १६५७ सम्ममा चाइना, इटली लगायत युरोपका देशमा गरि १५ हजार देखि २५ हजार मानिस मरेका थिए ।

त्यस्तै सन् १६६३-६४ मा प्लेगका कारण नेदरल्याण्डमा २४ हजार मानिस मरेका थिए । सोही रोगका कारण सन् १६६५।६६ मा इल्याण्डमा १ लाख, सन् १६६८ फ्रान्समा ४० हजार, सन् १६७५ मा माल्टा र स्पेनमा गरि ११३००, सन् १६७९ मा अष्टेलियामा ७६ हजार मानिस मरेका थिए ।

यो भाइरसले भन्दा अन्य विभिन्न भाइरसहरुले धेरै मानिसहरु विगतमा मारिएका छन् ।

त्यसैगरी १८ औं शतान्दीको सुरुवात अर्थात् सन् १७०७ मा आएको स्मलपोक्स का कारण आयरल्याण्डका जनसंख्याको ३६ प्रतिशत अर्थात् १८ हजार मानिस मरेका थिए । त्यस्तै सन् १७२० मा प्लेगका कारण फ्रान्समा १ लाख मानिस मरेका थिए ।

सन् १७३८ को ग्रेट प्लाग्यु का कारण बालकास का ५० हजार मानिस मारिएका थिए । त्यसैगरी प्लेगका कारण सन् १७७० मा रसियामा ५० हजार मानिस मरेका थिए । त्यस्तै सन् १७७२ देखि १७९८ सम्ममा प्लेग लगायतका महामारीबाट २ लाख भन्दा बढी मानिस मारिएका थिए । १६ औं तथा १७ औं शताब्दीका तुलनामा १८ औं शताब्दी केही मात्रामा भएपनि सुखद भए ।

१९ औं शताब्दी को सुरुवात तथा सन् १८१३ प्लेगका कारण माल्टामा ४हजार ५ सय तथा रोमानियामा ६० हजार मानिस मारिएका थिए । सन् १८१६ मा कोलेराका कारण एसिया, युरोपका १ लाखभन्दा बढी मानिस मारिएका थिए । पछि १८२९ देखि १८५१ को अवधिमा सोही रोगका कारण एसिया, युरोप र उत्तरी अमेरिकामा गरी १ लाख भन्दा बढी मानिस मारिएका थिए ।

हाल देखिएको कोरोना भाइरस २१ औं शताब्दीमा डरलाग्दो रुपमा विश्वभरि देखा परेको छ ।

त्यसैगरी इपिडमिक टाइफसका कारण सन् १८४७ मा क्यानाडामा २० हजार भन्दा बढी मानिस मारिएका थिए । त्यस्तै सन् १८५२देखि १८६० को अवधिमा कोलेरका कारण रसिया, अमेरिका, इग्ल्याण्डमा गरि १० लाख मानिस मारिएका थिए । त्यस्तै सन् १८५५ बाट प्लेगका कारण विश्वभरिका १ करोड २० लाख भन्दा बढी मानिस मरेका थिए । जसलाई तेस्रो प्लाग्यु पानडामिक नामाकरण गरिएको थियो ।

त्यस्तै दादुरा का कारण सन् १८७५ मा फिजीमा ४० हजार, सन् १८८१देखि १८९६ का अवधिमा कोलेरका कारण इण्डिया र जर्मनीमा ९ हजार भन्दा बढी तथा सन् १८८९ मा आएको इन्फूलुएन्जा फूलुका कारण विश्वभरि १ लाख मानिस मारिएका थिए ।

२० औ शताब्दी भने विश्वको लागि त्यति फलदायी रहेन । महामारीका कारणबाट मात्रै झण्डै ६५ करोड मानिस १०० वर्षको अवधिमा मारिएका थिए ।

२० औं शताब्दीको सुरुवाती नै विश्वको लागि कष्टकर रह्यो । कोलेराका कारण युरोप, एसिया, अफ्रिका लगायतका देशमा सन् १९२३ सम्ममा ८ लाख भन्दा बढी मारिए । सन् १९१० मा चाइना प्लेगका कारण चीनमा ४० हजार, इन्सेफ्लाइटिस लेथरजिका कारण सन् १९१५ देख १९२६ सम्ममा विश्वभरिमा १५ लाख मानिस मारिएका थिए ।

पोलियोमाइलाईटिसका कारण सन् १९१६ मा अमेरिकामा ७ हजार भन्दा बढी मानिस मारिएका थिए । त्यसैगरी स्पेनिस फ्लुका कारण सन् १९१८ देखि १९२० अर्थात् २ वर्षको अवधिमा विश्वभरिमा १ करोड ७० लाख देखि १० करोडसम्म मारिएको बताइन्छ ।

२० औं शताब्दीको सुरुवाती नै विश्वको लागि कष्टकर रह्यो ।

त्यसैगरी इसियन फ्लुका कारण सन् १९५७।५८ मा २ लाख, स्मलपोक्स को कारण सन् १९७७ सम्म्मा ५० करोड मानिस मारिएका थिए । हंगकंग फ्लुका कारण सन् १९६८-६९ मा विश्वभरि १ लाख मानिस मारिएका थिए ।

सन् १९७४ मा स्मलपोक्स का कारण इण्डियामा थप १५ हजार मानिस मारिएका थिए । सन् १९२० देखि हालसम्म एचआईभी रोगका कारण विश्वभरि गरि ३ करोड २० लाख भन्दा बढी मानिस मारिए । महामारिबाट मात्रै २० औं शताब्दीमा झण्डै ६५ करोड मानिस मारिएका थिए ।

प्रथम तथा दोश्रो विश्वयुद्ध पनि यही शताब्दीमा भए । २ वटा विश्वयुद्दबाट मारिने १२ करोड पनि थप्ने हो भने झण्डै ७७ करोड मानिस २० औं शताब्दीमा मात्रै मारिए जुन विश्वको लागि दुखद पक्ष हो ।

सन् २१ औं शताब्दीका सुरुवाती सुखद भएपनि सन् २००९ मा देखिएको स्वाइन फ्लुका कारण विश्वभरि १८ हजार भन्दा बढीको मृत्यु भएको पाइन्छ । त्यस्तै हाइटीमा देखिएको कोलेरका कारण सन् २०१० देखि हालसम्म १० हजार भन्दा बढीको मृत्यु भैसेकेको छ ।

दादुरा कारण कंगोमा सन् २०११ देखि २०१४ सम्म ४हजार ५ सय मानिस मारिए । त्यस्तै इबोला भाइरसका कारण विशेषगरि पश्चिम अफ्रिका सहित विश्वभरि ११ हजार ३ सय मानिस मारिए ।

त्यस्तै सन् २०१६ मा यमनमा कोलेराका कारण झण्डै ४ हजार, सन् २०१८ मा सोही रोगका कारण कंगो, उगाण्डामा गरि थप २२ सय मानिसको मृत्यु भएको छ । त्यसैगरी सन् २०१९ मा दादुरा का कारण कंगोमा ५ हजारभन्दा बढी, सोही साल डेंगुका कारण एसिया तथा ल्याटिन अमेरिकामा गरि २ हजार भन्दा बढीको मृत्यु भएको छ ।

हाल देखिएको कोरोना भाइरस २१ औं शताब्दीमा डरलाग्दो रुपमा विश्वभरि देखा परेको छ । हालसम्म विश्वभरि गरि ३२ हजारको हाराहारिमा मानिसको मृत्यु भैसकेको छ भने झण्डै ७ लाखको हाराहारिमा संक्रमित भएका छन् । रोगको दबाई नभेटिइएको कारण मर्नेको संख्या कति पुग्ने हो यसै भन्न सकिन्न । आशा गरौं विज्ञहरुले चाँडै नै रोगको निदान गर्नेछन् ।

यो २ हजार वर्षको इतिहासलाई हेर्ने हो भने महामारीबाट मात्रै झण्डै १ अर्व भन्दा बढी मानिस मारिइसेकेको बताइन्छ । २० औं शताब्दी नै सबैभन्दा अत्यासलाग्दो थियो । २० औं शताब्दी भन्दा २१ औं शताब्दी सुखद हुने आशा गरौं ।

श्री पशुपतिनाथले हामी सबैको कल्याण गरुन् ।

अस्तु ! 

प्रतिक्रिया