शनिबार, जेठ १७ २०७७
काठमाडौं १९:५२
वासिङटन डिसी 10:07

न्यूयोर्कमा मात्रै करीब २ सय नेपालीमा कोरोना भएको आशंका, दुईजना भेन्टिलेटरमा

इनेप्लिज २०७६ चैत १६ गते २:०३ मा प्रकाशित

 

सम्बाददाता । न्यूयोर्कमा मात्रै करीब २ सय र न्यूजर्सी शहरमा २० जना जति नेपालीहरुलाई कोरोना भाइरस हुन् सक्ने आशंका स्थानीय सामाजिक संघ संस्थाहरुको अनुमान गरेका छन् । जस अनुसार न्यूयोर्कको एउटा अस्पतालमा ११ जना, अर्कोमा १२ जना र अर्कोमा ७ जना गरी कम्तिमा २०० जना नेपाली कोभिड-१९ बाट संक्रमित अर्थात् पोजिटिभ भै अस्पताल भर्ना भएको बुझिएको छ ।

न्यूयोर्कका समाजसेवी जीवन बम र चर्चित फोटो/भिडियोग्राफर शम्भु मोक्तानले छुट्टाछुट्टै रुपमा आफूहरुलाई कोरोना भाइरस संक्रमित भएको कुरा सार्वजनिक हितको लागि जानकारी गराउनु भएको छ ।

शम्भू मोक्तानको स्वास्थ्यमा क्रमिक सुधार भै रहेको बुझिएको छ भने दुई जना भेन्टिलेटर(वायु-प्रवाहक)मा हुनु हुन्छ । शम्भु मोक्तान जुइस अस्पतालमा र जीवन बम माउन्ट सनाई अस्पताल न्यूयोर्कमा हुनु हुन्छ ।

चिकित्सकहरुको भनाई अनुसार कोभिड-१९ लागेका ९०-९५ प्रतिशत मानिसलाई निको हुन्छ त्यसैले डराउने भन्दा पनि आत्मबल बढाएर चिकित्सकको सल्लाह अनुसार सतर्कता अपनाउन जरुरी छ ।

नाम नबताउने ३० जना नेपाली एल्मष्ट, माउन्ट सनाई र जुइस गरी ३ अस्पतालहरुमा भएको बुझिएको छ । न्यूयोर्कमा ज्वरो नाप्ने थर्मोमिटर( ताप-मापक यंत्र) स्यानिटाइजर(सफा सुग्घर) र आईसोलेसन(अनाश्रय)बस्ने स्थानको कमि भएको छ ।

प्रतिक्रिया