मंगलबार, जेठ १३ २०७७
काठमाडौं ०९:०८
वासिङटन डिसी 23:23

कोरोना भाइरसको महामारीमा पनि एचडिएनपीको रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न

विजय थापा २०७६ चैत १६ गते ०:०९ मा प्रकाशित

 

डिसी । एचडिएनपी इन्टरनेशनल(अन्तर्राष्ट्रिय)ले कोरोना भाइरसको महामारीमा पनि रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । अमेरिकाको टेक्ससमा स्थापित गैर मुनाफा सामाजिक संस्था एचडिएनपीले आफ्नो त्रैमासिक कार्यक्रम सन् २०१२ देखि हाल सम्म सर्वाधिक राम्रो भएकोमा खुसी व्यक्त गरेको छ ।

कोरोना भाइरसको कारण मानिसहरु घर मै बसी रहेको अवस्थामा पनि आयोजना गरेको रक्तदान कार्यक्रममा ३९ जना आएका मध्ये २१ जनाले रक्तदान गरेका छन् । हाल रगतको समस्या परि रहेको अवस्थामा जतिले रगतदान गरेका छन् हृदय देखि नै धन्यवाद दिन चाहेको संस्थाका देवी डेविट आचार्यले बताए ।

आचार्यले कोरोना भाइरस कै लागि यो रक्तदान कार्यक्रम गरेको बताए । हरेक ३-३ महिनामा संस्थाले गर्दै आएको रक्तदान कार्यक्रम टेक्ससको आर्लिंगटन कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा संस्थाका पदाधिकारी र सदस्यहरु र स्वयम सेवकहरु सक्रिय सहभागीता रहेको थियो । नेपाली र बिदेशी गरि रक्तदान कार्यक्रममा २१ जनाले रक्तदान गरेका छन् । अमेरिकाको टेक्सासको आर्लिंगटनमा सन् २०१२ नेपाली द्वारा स्थापना भएको हेल्प फर डेस्पेरेट एण्ड निड़ी पिपुल इन्टरनेसनल (एचडिएनपी अन्तर्राष्ट्रिय)ले टेक्सास राज्यमा घरबार बिहिन ,अशक्त तथा मागेर जीविका चलाउने मानिसहरुलाई त्रैमासिक रुपमा भोजन गराउदै आई रहेको छ ।

संस्थाले नेपालको पशुपतिनाथमा घरवार बिहीन,मागेर हिड्ने तथा आफ्ना सन्तानबाट तिरस्कृत भएका बृद्धहरुलाई समेत बिशेष सहयोग प्रदान गर्दै आएको छ । हेल्प फर डेस्पेरेट एण्ड निड़ी पिपुल अन्तर्राष्ट्रिय (एचडीएनपी इन्टरनेसनल) अमेरिकी सरकारको मुनाफा रहित सामाजिक संस्थामा दर्ता भएको छ ।

प्रतिक्रिया