शनिबार, मंसिर १३ २०७७
काठमाडौं ०९:५६
वासिङटन डिसी 23:11

न्यूजर्सीमा ९० दिन सम्म घरको किस्ता ऋण तिर्न छूट अवधि 

इनेप्लिज २०७६ चैत १५ गते २२:४८ मा प्रकाशित

अमेरिकाको न्यूजर्सी राज्यले ९० दिन सम्म घरको किस्ता ऋण तिर्न छूट अवधिको घोषणा गरेको छ । कोरोना भाइरसको महामारीमा बेरोजगारीको संख्या चरम वृद्धि हुदै गरेको अवस्थामा न्यूजर्सीले उक्त घोषणा गरेको हो ।

न्यूजर्सीका गभर्नर फिल मर्फिले उक्त घोषणा गर्दै कोरोना भाइरसको कारण ऋणीहरुमा आर्थिक प्रभाव परेकोले उक्त घोषणा गरेका छन् । उनले सामाजिक संजाल ट्वीटर मार्फत केही बैंकहरुको नाम सिटि बैंक,चेज बैंक,युएस बैंक,वेल्सफार्गो बैंक ,बैंक अफ अमेरिका लगायत अन्य ४० जना आर्थिक कारोबार गर्ने बित्तिय संस्थाहरुलाई काम गर्दै गरेको भनि उल्लेख गरेका छन् ।

“यो छुट अवधि कसैको पनि कमाएको ख्याती दर (रेटिंग डाउनग्रेड) घटाउनको लागि प्रयोग हुन सक्दैन,” उनले ट्विटरमा भनेका छन् । उनले ऋण दाताहरूले आफ्ना ग्राहकहरुले ढिलो गरेमा कुनै ढिला शुल्क वा अन्य बिलम्ब शुल्क लगाउन पाउने छैनन् ।भनि जनाएका छन्

“यी वित्तीय संस्थाले कम्तिमा ६० दिनसम्म भुक्तान नगरेको बहानामा घर खोस्ने (फरक्लोजर )मुद्धा वा निष्कासन कारवाई नगर्न प्रतिबद्ध छ” भनेका छन् ।

श्रोत :एनबिसी न्युज

प्रतिक्रिया