मंगलबार, जेठ १३ २०७७
काठमाडौं ०८:३६
वासिङटन डिसी 22:51

अमेरिकामा कोरोनावाट मर्नेको संख्या दुइदिनमा दोव्वर,२ हजार १ सय ९२

न्यूयोर्क, न्यूजर्सी र कनेक्टिकटका लागि ट्राभल एड्भाइजरी जारी

इनेप्लिज २०७६ चैत १५ गते २२:३५ मा प्रकाशित

 


लुइभेल, अमेरिका । कोरोना भाइरसको कारण अमेरिकामा दुइ दिनमा मर्नेहरुको संख्या दोव्वर भएको छ । दुइ दिन अगाडिसम्म मर्नेहरुको संख्या १ हजारको हाराहारीमा भएकोमा आज मर्नेहरुको संख्या २ हजार १ सय ९२ पुगेको छ ।

हाल सम्म संक्रमित हुनेको संख्या १ लाख २२ हजार ४ सय ५३ पुगेको छ । अमेरिकामा एकै दिनमा सक्रमित हुनेको संख्या १८ हजार नाघेको छ ।

अमेरिकामा कोरोना भाइरसको प्रकोप सुरु भएको १ महिनामा मात्रै १ हजारको आंकडा छोएकोमा पछिल्लो समयमा यो गुणात्मक रुपमा वृदि भएको छ र दुई दिनमा मात्रै १ हजार भन्दा ज्यादा मानिसको मृत्यु भएको छ ।

न्यूयोर्क, न्यूजर्सी र कनेक्टिकटका लागि ट्राभल एड्भाइजरी जारी

कोरोना भाइरसको कारण अमेरिकामा मृत्यु हुनेहरुको संख्या २ हजार नाघेपछि रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी)ले तीनवटा राज्यहरु न्यूयोर्क, न्यूजर्सी र कनेक्टिकटलाई ट्राभल एड्भाइजरी जारी गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको आग्रहमा सीडीसीले सो ट्राभल एड्भाइजरी जारी गरी ती राज्यहरुमा अत्यावश्यक अवस्थामा वाहेका यात्रा नगर्न आग्रह गरेको छ।

राष्ट्रपति ट्रम्पले शनिवार विहानै ट्वीट गर्दै ती राज्यहरुलाई दुइ हप्ते क्वारेन्टाइनमा राख्ने वताएको भएपनि ती राज्यका गभर्नरले विरोध जनाए पछि अन्तत ट्राभल एड्भाइजरी जारी गराउने निश्कर्षमा राष्ट्रपति ट्रम्प पुगको थिए ।

कोरोना भाइरसबाट १०९५ जना स्वस्थ भएका छन् ।

पछिल्लो तथ्यांक अनुसार सबै भन्दा कोभिड-१९ बाट न्युयोर्कमा मानिसहरु मर्नेको संख्या ८३४ पुगेको छ भने वाशिंगटनमा १८९ जनाको मृत्यु भएको छ । क्यालिफोर्नियामा मृत्यु हुनेको संख्या ११९ पुगेको छ ।

यसै गरि न्युजर्सीमा १४० ,फ्लोरिडामा ५६ ,लुजियानामा १३७,इलिनोइमा ४७ ,टेक्ससमा ३१ ,मिसिगनमा ११ ,कोलोराडोमा ४४ ,डिसीमा ४,जर्जियामा ७९,मेरिल्याण्डमा १०,भर्जिनियामा १७,लगायत अन्य राज्यहरु सहित कुल २ हजार १ सय ९२ पुगेको छ ।

प्रतिक्रिया