बिहीबार, असोज ७ २०७८
काठमाडौं १५:२२
वासिङटन डिसी 05:37

भर्जिनियामा प्रहरीमाथि गोली चलाउने व्यक्ति दोहोरो भिडन्तमा मारिए

इनेप्लिज २०७६ चैत १५ गते २२:३१ मा प्रकाशित

अमेरिकाको भर्जिनिया राज्यमा प्रहरीमाथि गोली चलाउने व्यक्ति दोहोरो भिडन्तमा मारिएका छन् । भर्जिनिया राज्य प्रहरीले एक समाचार विज्ञप्ति जारी गर्दै गत शुक्रबार बिहान उक्त घटनामा संदिग्ध व्यक्ति मारिएको जनाएका छन् ।

जब बोटेटोर्ट काउन्टी प्रहरी कार्यालयका प्रहरी भर्जिनियाको बुकाननको ग्रामीण क्षेत्रमा सडकमा अडाएर राखेको एक संदिग्ध गाडीको बारेमा अनुसन्धान गर्न गएका थिए ।समाचार विज्ञप्ति अनुसार प्रहरीले उक्त संदिग्ध व्यक्तिलाई अलि पर एउटा शिविर स्थलमा भेट्टाए । जब प्रहरी नजिक गए उक्त व्यक्तिले बन्दुक देखाए र गोली हान्न शुरू गरे ।

जव दोहोरो भिडन्त भयो उक्त व्यक्ति बाक्लो जङ्गल तर्फ भागे र त्यसको बदलामा प्रहरीले गोली प्रहार गरेका थिए । उक्त भिडन्तमा प्रहरी चै घाइते भएनन । भर्जिनिया राज्य प्रहरीका अनुसार उक्त संदिग्ध व्यक्तिलाई घटनास्थलमा आकस्मिक चिकित्सा सेवा (ईएमएस)द्वारा उपचार गरेता पनि घाइतेको कारण उनको मृत्यु भएको प्रहरीले जनाएका छन् ।

उक्त मृतक व्यक्तिको नाम सार्वजनिक गरिएको छैन भने शव परीक्षा र पहिचान जारी गरिएको छैन । भर्जिनिया प्रहरी कार्यालयले गोलीबारी सम्बन्धमा अनुसन्धान गरिरहेको जनाएको छ ।

श्रोत : एनबिसी४/डब्लुटिओपी

प्रतिक्रिया