मंगलबार, जेठ १३ २०७७
काठमाडौं ०८:०४
वासिङटन डिसी 22:19

ट्रम्पद्वारा न्यूयोर्क,न्यूजर्सी,कनेक्टिकटका केही भागहरुलाई छोटो अवधिको लागि क्वारेनटाईन(संगरोध)मा राख्ने विचार व्यक्त

इनेप्लिज २०७६ चैत १५ गते १७:५४ मा प्रकाशित

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले न्यूयोर्क,न्यूजर्सी, कनेक्टिकटका केही भागहरुलाई छोटो अवधिको लागि क्वारेनटाईन(संगरोध )मा राख्ने विचार व्यक्त गरेका छन् । अर्थात् उनले छोटो समयलाई क्वारेनटाईन(संगरोध)गर्नु पर्ने स्वीकार गरेका छन् ।

उक्त राज्यमा कोरोना भाइरस निरन्तर वृद्धि भै रहेको अवस्थामा उनले शनिबार पत्रकारहरुलाई यस बिषयमा विचार गरि रहेको बताएका हुन् ।

“हामी केही चीजहरूको बारेमा सोची रहेका छौ। केही मानिसहरूले न्यूयोर्कलाई संगरोध भएको हेर्न चाहन्छन् किनकि यो संबेदनशील ठाउँ हो। हामीले यो गर्नुपर्दैन होला । तर यो पनि सम्भावना छ कि आज कुनै पनि समयमा न्यूयोर्कमा हामी संगरोध (क्वारेन्टाइन) गर्नेछौं । छोटो समय दुई हप्ताको लागि उनले भने ।

सम्भवतः न्यू जर्सी, कनेक्टिकटका केही भागहरू समेतलाई क्वारेन्टाइन (संगरोधन)मा पारिने जानकारी “उनले ह्वाइट हाउस प्रस्थान गर्दा पत्रकारहरूलाई भने।

“बरु म यो गर्दिन, तर हुनसक्छ हामीलाई चाहिएको छ,” राष्ट्रपतिले भने। न्यूयोर्कका गभर्नर एन्ड्र्यू कुमोले आफ्नो राज्यमा आयोजित पत्रकार सम्मेलनको क्रममा भने कि उनले ट्रम्पसँग कुरा गरे तर दुवैले राज्यको संगरोधन(क्वारेनटाईन) बारेमा छलफल गरेनन।

शनिबार दिउसो सम्म न्युयोर्कमा कोरोनाभाइरसको कारण ७ सय भन्दा बढीको मृत्यु भएको छ भने ५२ हजार भन्दा ज्यादा संक्रमित भएका छन ।

श्रोत :सिएनएन

प्रतिक्रिया