मंगलबार, जेठ १३ २०७७
काठमाडौं ०९:०१
वासिङटन डिसी 23:16

आज इलिनोय,आएवा,मिजोरी र इण्डियनामा आंधी र संभावित टोर्नेडोको खतरा

इनेप्लिज २०७६ चैत १५ गते १४:३३ मा प्रकाशित


लुइभेल, केन्टकी । अमेरिकामा आज चारवटा राज्यका करिव ७ करोड मानिसलाई प्रभावित गर्ने गरी आंधी आउने भएको छ । इलिनोय,आएवा,मिजोरी, र इण्डियनामा आंधीको प्रभाव पर्ने भएको छ । ती क्षेत्रमा टोर्नेडो समेत आउने र ठुलठुला असिना सहित वर्षात हुने मौसम विभागले चेतावनी दिएको छ ।

आंधीको सवैभन्दा ठुलो असर मिसोरी, लोवा र इण्डियनामा पर्ने छ भने उत्तरी इलिनोयमा सामान्य असर पर्ने सीएनएनले उल्लेख गरेको छ । टेनेसी भेली र मिसिसिपीमा पनि आंधीको केही प्रभाव देखिन सक्ने भएकोले यात्रा गर्नेहरुलाई सावधानी अपनाउन आग्रह गरिएको छ ।

आंधीले यी क्षेत्रको ४५,००० स्वायर माइल्समा प्रभाव पार्ने वताइएको छ ।

प्रतिक्रिया