मंगलबार, जेठ १३ २०७७
काठमाडौं १०:१०
वासिङटन डिसी 00:25

एफडीएले १५ मिनेट भित्र कोरोनाभाइरसको जाँच गर्ने अधिकार दियो

इनेप्लिज २०७६ चैत १५ गते १४:२१ मा प्रकाशित

 

अमेरिकी खाद्य तथा औषधि प्रशासन(एफडिए)ले १५ मिनेट भित्र कोरोनाभाइरसको जाँच गर्ने अधिकार दिएको छ । संघीय स्वास्थ्य अधिकारीहरूले गत शुक्रवार १५ मिनेट भित्र कोरोना भाइरस परीक्षण गर्न सक्ने अनुमति दिएको जनाएको छ । उपराष्ट्रपति माइक पेन्सले गत बिहीबारको पत्रकार सम्मेलनमा नयाँ निदानकारी (डाईग्नोस्टिक)परीक्षणले संयुक्त राज्य अमेरिकामा परीक्षणलाई छिटो पुर्‍याउन सक्छ । र यसले चिकित्सकको कार्यालयहरूमा द्रुत परिणाम ल्याउन सक्छ भने ।

तर मुखावरण (मास्क)र संकटपूर्ण जस्ता नमूनाहरू संकलन गर्न प्रयोग गरिएको महत्वपूर्ण उपकरणहरूको अभावले यसको प्रभावलाई रोक्न सक्छ उनले भने । अमेरिकी खाद्य तथा औषधि प्रशासनले आपतकालीन प्रयोगको लागि परीक्षणको अनुमति दिएको छ । परीक्षणका निर्माता एबोट ल्याबोरेटरीज(फर्मास्युटिकल प्रतिष्ठान )का अनुसार यसले हरेक हप्ताको शुरुवात प्रति दिन ५० हजार जाँच पुर्‍याउने बताएको छ ।

एबोटका अनुसार परीक्षण चलाउन प्रयोग गरिएको प्लेटफर्म(उन्नत स्थान)को वजन ७ पाउण्ड भन्दा कम हुन्छ र यो “जहाँ परीक्षण चाहिने आवश्यक हुन्छ” त्यहाँ पठाउन सकिन्छ भनेको छ ।

श्रोत :एनबिसी न्युज ,तस्बिर : एनबिसी

प्रतिक्रिया