मंगलबार, असोज ५ २०७८
काठमाडौं ०४:४१
वासिङटन डिसी 18:56

जिपीकोइराला फाउण्डेशन अमेरिकाको जरुरी सूचना

इनेप्लिज २०७६ चैत १३ गते २२:११ मा प्रकाशित

आदरणीय अग्रजज्युहरु, समाजसेवी ज्युहरु, पत्रकारज्युहरु, सबै समुदायका नेतागणज्युहरु, दाजु-भाई दिदी-बहीनीहरु एवम् साथीहरु मा नमस्कार।

हजुर र हजुरको स-परिवार सबैजना सकुशल हुनुहुँन्छ भन्ने पुर्ण विश्वास लिएका छौं। कोरोना भाईरसको डरलाग्दो संक्रमणबाट सुरक्षित रहनु होला भन्दै भगवान्  सँग प्रार्थना गरिरहेका छौं।

कृपया घर भित्रै बस्नुहोला। सचेत रहनुहोला। आफ्नो स्वास्थ्यको ख्याल राख्नु होला।

यस महामारी मा कुनै आपत् विपत् झोलीरहनु भएका नेपालीहरु एवम् सबै समुदायका जनताहरु लाई जि.पी. कोइराला फाउण्डेशन ले अमेरिका संघीय सरकार, न्यु-यार्क राज्य सरकार, न्यु-यार्क शहर मेयर कार्यालय, क्वीन्स बोरो प्रेसीडेन्ट कार्यालय,ब्रुकलीन बोरो प्रेसीडेन्ट कार्यालय र प्राय सबै निर्वाचित अधिकारीहरूहरुसंग हातेमालो र सहकार्य गर्दै कोभीड-१९ को महामारी मा यस फाउण्डेशनले आफ्नो तर्फवाट सक्दो सहयोग गर्ने कुरा अबगत गराउन चाहन्छौ ।

गिरीजा वावुको भनाई याद आयो: ” म जे सक्छु त्यो गर्छु”।

“सेवा नै धर्म हो”। जय होस सबैको।
हामीलाई सम्पर्क गर्ने फोन नम्बर:

उपाध्यक्ष सुवर्ण लामा (917) 254-3048

समुदाय सम्बन्ध निर्देशक छिरीङ्ग राप्के लामा (347) 652-3683

महिला संयोजक दावा शेर्पा +1 (347) 684-9859

केन्द्रीय सदस्य राम चन्द्र अधिकारी +1 (201) 657-4180

केन्द्रीय सदस्य प्रेम पौडेल (917) 251-3808

कृयासील सदस्य सुर्य सिमखडा (347) 419-5009

भवदीय,
सोमनाथ घिमीरे
अध्यक्ष
जि. पी. कोइराला फाउण्डेशन अमेरिका एवम् परिवार
917-742-7566

प्रतिक्रिया