गण्डकी प्रदेशका मुख्यमन्त्री राती राती क्वारेन्टाईन पुग्दा यस्तो देखियो (भिडियो)

इनेप्लिज २०७६ चैत १३ गते २१:५४ मा प्रकाशित

पछिल्लो समय विश्व माहामारीको रुपमा रहेको कोरोना भाईरसलाई नियन्त्रण गर्ने प्रयास हरतबर बाट भईरहेका छन् । यसको संक्रमण थप बढ्न नदिनका लागी देश नै लकडाउन गरिएको छ । क्वारेन्टाईन र आईसोलेशन देशका बिभिन्न ठाउँमा तय गरिएका छन् । बिहीबार रातको समयमा गण्डकी प्रदेशका मुख्यमन्त्री माननीय पृथ्वीसुब्वा गुरुङ पोखराको मालेपाटनमा रहेको क्वारेन्टाईनमा पुग्नु भयो ।

बिभिन्न क्षेत्रबाट कोरोना नियन्त्रणका लागी केही व्यक्तिहरु मालेपाटनको क्वारेन्टाईनमा छन् । उनीहरुको अवस्था बुझ्न र आवश्यक सहयोगको लागी मुख्यमन्त्री उक्त ठाउँमा पुग्नु भएको हो । क्वारेन्टाईनमा रहने माहानुभावहरुले प्रदेश सरकारलाई धन्यवाद दिए भने सरसफाई, नियमित चेक, सेनिटाईजर लगायतको माग समेत मुख्यमन्त्री समक्ष राखेका थिए । हेर्नुहोस् स्थलगत भिडियो ।

प्रतिक्रिया