नोबेल अस्पतालमा कोभिड–१९ का सङक्रमितको उपचार हुने

मनोज दाहाल २०७६ चैत १३ गते २१:१४ मा प्रकाशित


मनोज दाहाल,

बिराटनगर, १३ चैत्र(रासस): बिराटनगरमा रहेको नोबेल शिक्षण अस्पतालले कोभिड–१९ वाट सङ्क्रमितको उपचार सेवा सञ्चालन गर्ने भएको छ।

अस्पतालका सञ्चालक डा.सुनिल शर्माले कोरोना भाइरस(कोभिड–१९)वाट सङक्रमितको उपचारका लागि अस्पताललाई ‘कोरोना उपचार केन्द्र बनाउँन दिने’ घोषणा आज गर्नु भएको छ।विश्वलाई नै आतंकित बनाईरहेको कोरोना भाईरसको उपचारमा समस्या भईरहेका बेला नोबेल अस्पताललाई कोरोना बिशेष उपचार केन्द्रको रुपमा तीन महिनासम्म प्रयोग गर्न दिन सञ्चालक डा.शर्मा तयार हुनु भएको हो ।

निजी क्षेत्रबाट सञ्चालित पूर्वी नेपालको सवैभन्दा ठुलो अस्पताल नोबेलमा ७१ वटा भेन्टिलेटरसहित ७ सय ६४ शैय्या रहेका छन् ।

अस्पतालका सञ्चालक डा.शर्माको यो निर्णयवाट पूर्वी नेपालमा कोरोना सङ्क्रमण रोकथाम र उपचारमा महत्वपूर्ण भूमिका खेल्ने देखिएको छ ।

डा.शर्माले अस्पताललाई कोरोना उपचार केन्द्र बनाउँन तयार रहेको भन्दै कोरोना रोकथाम संयोजन समितिका संयोजक डा.भगवान कोइरालालाई बिहिबार पत्रसमेत पत्र पठाउनु भएको छ।

अस्पतालले आवश्यक्ता अनुसार शैय्या थप गरी १ हजारसम्म पु¥याउन सकिने अवस्था रहेको उल्लेख गर्दै कोरोना उपचार केन्द्र सञ्चालनका बिषयमा आवश्यक छलफलका लागि पत्रमार्फत आग्रह गरिएको छ ।

मनोज दाहाल

पत्रकार

प्रतिक्रिया