लकडाउनको बेला औषधी बोकेर मुख्य मन्त्री नै सडकमा आएपछि.. (भिडियो)

इनेप्लिज २०७६ चैत १३ गते ११:१८ मा प्रकाशित

 

गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी शुब्बा गुरुङ बिहीबार आफै औषधी बोकेर सडकमा आएका छन् । पोखरा महानगरकाले नगर क्षेत्रका भीडभाड हुने स्थानमा (डिसइन्फेक्सन स्प्रे) किटनासक औषधी छर्कने क्रममा उनी आफै सडकमा आएका हुने । औषधी छर्ने क्रममा महानगरको न्युरोडस्थित कार्यालयबाट किटनासक औषधी छर्न सुरु गरिएको हो । उक्त कार्यको बिहीबार दिउँसो गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङ र पोखरा महानगरपालिकाका प्रमुख मानबहाुदर जिसीले शुभारम्भ गरेका हुन् ।

कोरोना भाइरसको संक्रमणलाई महानगर क्षेत्र भित्र फैलिन नदिन किटनासक औषधी छर्न सुरु गरिएको महानगरका प्रमुख मानबहादुर जिसीले बताए । उनले महानगर क्षेत्रका भीडभाड हुने ठाउँहरु, अस्पताल, सेवाग्राही बढी आउने सरकारी कार्यालय, लगायत ठाउँहरुमा किटनासक औषधी छरिने बताए ।

प्रतिक्रिया