आइतबार, चैत १६ २०७६
काठमाडौं ०५:३०
वासिङटन डिसी 19:45

चीन भन्दा स्पेनमा कोरोनाभाइरसबाट मृत्यु संख्या ज्यादा

इनेप्लिज २०७६ चैत १३ गते ११:०८ मा प्रकाशित

कोरोनाभाइरसबाट  स्पेनमा मृत्यु हुनेको चीन भन्दा ज्यादा नाघेको छ । हाल सम्म स्पेनमा ७५०० जनाको मृत्यु भएको छ । कोभिड-१९ बाट सर्वाधिक मृत्यु हुने देश इटाली नै रहेको छ भने दोश्रो देश स्पेन भएको छ ।

हालसम्म ५७५२६ जना संक्रमित भएका छन भने ७०१५ जना स्वस्थ भएका छन ।

गत बुधबार स्पेनको स्वास्थ्य तथा बिज्ञान मन्त्रालयले उक्त जानकारी गराएको छ । एक दिन अगाडी २७ प्रतिसतले वृद्धि भएको छ ।स्पेनमा देशव्यापी रुपमा हिड्डुल (लक् डाउन )गर्न बन्द छ । स्वास्थ्य अधिकारी फर्नांडो साइमनले स्पेनमा यसको प्रकोप अझ बढ्ने भबिश्यवाणी गरेका थिए ।

यस हप्ताको सुरूमा उनले संक्रमणको शिखर “केही दिनमा” आउन सक्छ भनेका थिए । स्वास्थ्य मन्त्री साल्भाडोर इलाले भने कि सरकारले ४६७ मिलियन डलरको मुखावरण (मास्क)परीक्षण,पन्जा र श्वासवाहक यन्त्र खरीद गर्न चीनमा सहमति जनाएको छ । जुन यस हप्ताको अन्त्यदेखि आउने जनाएका छन् ।

राष्ट्रले नेटोलाई अन्तर्राष्ट्रिय मानवीय सहयोगको लागि अपिल गरेको छ । स्पेनमा मार्च १३ देखि नै आपतकालिन घोषणा गरिनुको साथै देश ब्यापी हिड्डुल बन्द गरिएको छ ।

स्पेनमा देशभरि आपतकालिन अस्पतालहरू स्थापना गरिएको छ ।

श्रोत : न्युयोर्क टाइम्स तस्बिर :रोयटर्स

प्रतिक्रिया