विपद्मा नेपाली रङ्गमञ्चको प्रयास ‘क्वारेन्टाइन अभियान नाट्य महोत्सव’ आयोजनाको घोषणा

इनेप्लिज २०७६ चैत १३ गते १०:५२ मा प्रकाशित

 


कोभिड १९ ले विश्वभरी महामारीको रुप लिइरहेको बेला हामी नेपाली पनि लकडाउनको अवस्थामा घरमै क्वारेन्टाइनमा बसिरहेका छौं । यस्तो विपद, दुःख र भिन्न वातावरणमा नेपाली रङ्गमञ्च (थिएटर)ले नि खास केही गर्न सक्ने अवस्था छैन । रङ्गमञ्च आफैमा त्यस्तो जटिल माध्यम हो जसले दर्शक र जनतासँग नाटकमार्फत प्रत्यक्ष मात्र सञ्चार र संवाद गर्न सक्छ । त्यसकारण रङ्गमञ्चले यो बेला नाटकघरमा वा कुनै पनि मञ्चमा नाटक मञ्चन गरेर सञ्चार र संवाद गर्न सक्दैन । तसर्थ हामीले संकट र जटिल अवस्थामा हाम्रा दर्शक र रङ्गप्रेमीहरुका लागि दैनिक जीवनयापनमा सहज बनाउन र मानसिक रुपमा साथ दिन विशेष परिस्थतिमा भर्चुअल माध्यम प्रयोग गर्दै नाटकको भिडियो भए पनि फेसबुकको भित्तामा मञ्चन गर्दैछौं । यसबाट थिएटरको वास्तविक आन्नद, अनुभूति र अनुभव त लिन सकिदैन तर अहिलेको समयमा हामी यत्ति चाहिँ गर्न सक्छौं । यहाँहरुले स्वीकार्नुहुनेछ भन्ने विश्वास छ ।

यस सन्दर्भमा थिएटर मल–कीर्तिपुर रङ्मञ्च र थिएटर सेन्टर फर चिल्ड्रेन (टिसीसी नेपाल) ले मार्च २७ः विश्व रङ्गमञ्च दिवसको दिन चैत्र १४ गतेदेखि ‘क्वारेन्टाइन अभियान नाट्य महोत्सव २०७६’ आयोजना गर्दैछ । यस ‘क्वारेन्टाइन अभियान नाट्य उत्सव’मा आफ्ना नाटकको भिडियोसहित सहभागी हुन सबै रङ्गकर्मीहरुलाई आग्रह तथा अपिल गर्दछौं ।

– यो महोत्सव अन्तर्गत हरेक दिन साँझ ५ बजे थिएटर समय हुने
– हरेक दिन फरक फरक एक नाटक लाइभ स्ट्रिमिङ गरिनेछ ।
– थिएटर मलको फेसबुक पेजwww.fb.com/theatremall बाट लाइभ स्ट्रिमिङ हुनेछ ।

– लाइभ हुन्जेल मात्र नाटक हेर्न पाउनुहुनेछ, त्यसपछि फेसबुक पेजमा नाटक रहनेछैन । त्यसैले रङ्गप्रेमीले साँझ ५ बजे थिएटर टाइम छुट्याउनु पर्नेछ ।

– लाइभ भिडियो सार्वजनिक रुपमा शेयर गर्न सक्नुहुनेछ । तर डाउनलोड तथा कुनैपनि क्यामेराले खिच्न पाउनु हुनेछैन । सो विपरित भए सर्वाधिकार र साइबर कानुन लाग्नेछ ।

– यो महोत्सव कम्तिमा एक साता देखि अनिश्चितकालसम्म जारी रहनेछ ।

– साथै नाटक महोत्सव र नाटकबारे सोही पेजमार्फत अन्तरक्रिया पनि निरन्तर हुनेछ । सहभागी हुनुहोला ।

सचेत रहौं, सजक रहौं, संयमति होऔं, नआत्तिऔं, सुरक्षित रहौं ।

– केदार श्रेष्ठ, फेस्टिभल निर्देशक, क्वारेन्टाइन क्याम्पेनिङ थिएटर फेस्टिभल तथा कला निर्देशक थिएटर र थिएटर सेन्टर फर चिल्ड्रेन नेपाल

– फेस्टिभल टिम
– केदार श्रेष्ठ, फेस्टिभल निर्देशक ९८४१५९५९५६
– प्रशुन सिन्धुलिय, फेस्टिभल प्रस्तुति कोर्डिनेटर
– सञ्जिता पराजुली, फेस्टिभल कोर्डिनेटर
– रमेश भट्टराई, लाइभ स्ट्रिमिङ कोर्डिनेटर
– कला अनुरागी, मिडिया कोर्डिनेटर
– सुजिता महर्जन, पब्लिसिटी डिजाइन कोर्डिनेटर
– सम्पूर्ण थिएटर मल टिम

प्रतिक्रिया