आइतबार, चैत १६ २०७६
काठमाडौं ०४:३९
वासिङटन डिसी 18:54

न्यूयोर्कको एल्महस्ट अस्पतालमा मात्रै २४ घण्टामा १३ जनाको मृत्यु

इनेप्लिज २०७६ चैत १३ गते १०:२७ मा प्रकाशित


लुइभेल, केन्टकी । कोरोना भाइरसको संक्रमण तीव्र रुपमा वढ्दै जांदा न्युयोर्कको एल्महस्ट अस्पतालमा मात्रै पछिल्लो २४ घण्टामा कम्तिमा पनि १३ जना विरामीको मृत्यु भएको छ । एउटै अस्पतालमा यस्तो अवस्था रहेको छ भने देशभरमा कस्तो अवस्था होला भन्ने यो यो तथ्यांकले देखाउंछ ।

आज वुधवार विहानसम्ममा कोरोना भाइरसको संक्रमणवाट मर्नेहरुको संख्या अमेरिकामा १००० जना पुग्न लागेको छ । विरामीहरुलाई वचाउन स्वास्थकर्मीहरुको निरन्तर उच्चतम प्रयास जारी छ, अस्पतालले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

अमेरिकाभरीमा ६५ हजारभन्दा वढीलाई भाइरस संक्रमण भएकोमा न्यूयोर्कका संक्रमितहरुको संख्या मात्रै ३० हजार भन्दा माथि छ र मृतकहरुको संख्या लगभग १००० पुग्नै लाग्दा झण्डै एक तिहाइ २ सय ८५ जना न्यूयोर्कका मानिसहरुको मृत्यु भएको छ । न्यूयोर्कमा दिनदिनै संक्रमण वढ्दै जांदा न्यूयोर्कले संघीय सरकारसंग विरामी उपचारका लागि दशौं हजार भेण्टिलेटर, वेडहरु र इन्टेन्सिभ केयर वेडहरु माग गरिरहेको छ ।

न्यूयोर्कले कोरोना भाइरसको संक्रमणलाई घटाउन सवै जनतालाई घरमानै वस्न आदेश दिइसकेको छ तर अहिलेसम्म परिणाम सुखद वन्न सकेको छैन । न्यूयोर्कमा अस्पताल भर्ना हुनेहरुको संख्या हरेक दुइदिनमा दुगुना हुने गर्छ । न्यूयोर्कका गभर्नर एन्ड््रयु कुमोले वढ्दो संक्रमणकावीच चेतावनी दिएका छन्, अहिले न्यूयोर्क जुन हालतमा छन्, त्यो हालतमा अन्य सहरहरु केही हप्तामा नै पुग्नेछन्, त्यसैले कोरोना नियन्त्रणकोवारेमा सवै एक ठाऊ उभिएर समाधान खोज्नुपर्नेछ ।

प्रतिक्रिया