आइतबार, असोज ११ २०७७
काठमाडौं ०८:५३
वासिङटन डिसी 23:08

अमेरिकाको स्टुडेण्ट टास्कफोर्स कमिटिको COVID-19 -प्रेस विज्ञप्ती

इनेप्लिज २०७६ चैत १३ गते १०:०८ मा प्रकाशित

नमस्कार,

गैरआवासीय नेपाली संघ, अमेरिकाको स्टुडेण्ट टास्कफोर्स कमिटिको को मार्च २०, २०२० मा आकस्मिक बैठक बस्यो । उक्त बसेको बैठकले महामारीको रूपमा रहेको कोरोना भाईरसको (COVID-19) संक्रमणबाट बच्न र यसका कारण उब्जिएको जटिल अवस्थामा अमेरिकामा रहेका नेपाली विद्यार्थीहरुलाई के कसरी सहयोग गर्न सकिन्छ भन्ने उद्देश्यले बसेको बैठकमा अहिले बिधार्थीहरूले भोगेको समस्या, आगामी दिनमा उत्पन्न हुन सक्ने अवस्था र समाधानमा पहलका संभावना बारे छलफल भएको थियो ।

बैठकले स्टुडेण्ट टास्कफोर्स कमिटिको संयोजनमा क्षेत्रीय स्तरको COVID-19 सहयोग समिति गठन गरिएको जानकारी पनि यसै प्रेस विज्ञप्ती मार्फत जानकारी गराउन चाहन्छौ । अमेरिका स्थित रहेका बिभिन्न विश्वबिधालयमा अध्यनरत नेपाली विद्यार्थीहरुलाई COVID-19 कारणले गर्दा कुनै समस्या भएमा तल उलेखित् सम्पर्क नम्बर र ईमेलमा सम्पर्क गर्नु हुन समेत हार्दिक अनुरोध गर्द्छौ ।

साथै उक्त बैठकमा एनआरएनए एन.सी.सी अमेरिका का अध्यक्ष सुनील शाह, महासचिव पशुपति पाण्डेले एनआरएनए एन.सी.सी अमेरिकाले नेपाली विद्यार्थी हरुलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो। बैठकमा विभिन्न विश्वविधालय बाट नेपाली स्टुडेण्ट एशोसिएसन (NSA) का प्रतिनिधि बिधार्थीहरूले एशोसिएसनले गरिरहेको सहयोग र त्यहाँ भएका समस्या हरुलाई प्रस्तुत गर्नु भएको थियो । सो बैठक बाट तदर्थ सम्पर्क समिति गठन गरी क्षेत्रीय स्तरमा समन्वय गर्ने र आइपरेका समस्याहरुलाई समाधान गर्न एनआरएनए एन.सी.सी अमेरिका तथा नेपाली दुतावाससँग पनि सहकार्य गरी अगाडी बढ्ने निर्णय गरियो ।

त्रिभुवन पाण्डे
संयोजक स्टुडेण्ट टास्क फोर्स
अनुप खनाल
सह-संयोजक, स्टुडेण्ट टास्क फोर्स
गैर आवासीय नेपाली संघ, अमेरिका

प्रतिक्रिया