बुधबार, चैत १९ २०७६
काठमाडौं ००:१७
वासिङटन डिसी 14:32

अमेरिकाका हरेक दिन झन्झन् त्रासदीपूर्ण वन्दै जाने संकेत, आजमात्रै २२३ जनाको मृत्यु

इनेप्लिज २०७६ चैत १३ गते ४:०४ मा प्रकाशित


लुइभेल, केन्टकी । अमेरिकामा हरेक दिन झन्झन् त्रासदीपूर्ण दिनहरु आएको संकेत वुधवार कोरोना भाइरसको संक्रमणवाट मर्नेहरुको तथ्यांकले देखाएको छ । विश्व स्वास्थ संगठन (डव्लुएचओ) र स्वास्थ विज्ञहरुले अमेरिका कोरोना संक्रमणको अर्को इपिसेन्टर हुने चेतावनी दिइरहेको वेला मृतकहरुको संख्या हरेक दिन वढ्दै गएको छ । कोरोना संक्रमणवाट वुधवार मात्रै २२३ जनाको निधन भएको छ, र मर्नेहरुको कुल संख्या कम्तिमा पनि ९२८ पुगेको छ ।

अमेरिकाले कोरोना नियन्त्रणका लागि आफ्नो सम्पूर्ण शक्ति केन्द्रित गरिरहे पनि संक्रमणको क्रम झन्झन् वढेको छ । वुधवार रातीसम्ममा कुल संक्रमितको संख्या ६५,००० नाघेको छ ।

हामी जति एकवाट अर्को व्यक्ति टाढा हुन (सोसियल डिस्टेन्सिंग) कायम गर्न प्रतिवद्ध हुन्छौ, त्यतिनै वढी मानिसलाई हामी वचाउन सक्छौं, ह्वाइट हाउस कोरोना भाइरस टास्क फोर्स न्युज कन्फरेन्समा राष्ट्रपति ट्रम्पले भनेका थिए ।

एक व्यक्तिवाट अर्को व्यक्तिलाई कम्तिमा पनि ६ फिटको दुरी राख्न प्रेरित गर्ने र स्टे एट होम अर्डर गरेर अत्यावश्यक सेवा वाहेकका मानिसहरुलाई घरमा नै राख्ने प्रयास जारी रहेपनि यसले सही परिणााम भने दिन सकेको छैन । देशको कुल ४२ प्रतिशत जनसंख्या यतिवेला आफ्नो घरमा नै वसेर कोरोना भाइरस महामारीको अन्त्य हुने दिनको प्रतिक्षा गरिरहेको छ तर यो प्रकोप घट्ने संकेत देखिएको छैन ।

चार दिन अगाडि आइतवार विहान अमेरिकाभरीमा मर्नेहरुको संख्या २२३ भएकोमा वुधवार ९२८ पुगेको हो । अमेरिकामा कोरोना संक्रमण नाटकीय ढंगले वढ्दै जानेछ, विज्ञहरुले चेतावनी दिंदे भनेका छन् ।

अमेरिकालाई कोरोना भाइरसको इपिसेन्टर वन्नवाट रोक्ने अझै समय छ, विश्व स्वास्थ संगठन (डव्लुएचओ)का प्रवक्ता मार्गरेट ह्यारिसले भनेकी छिन्, यद्यपि अहिले मृत्युदर दिनदिनै वढेको देखिएपनि यसलाई पुन सामान्यतिर फर्काउन सकिन्छ ।
अमेरिकासंग संसारकै उत्कृष्ट स्वास्थकर्मीहरु रहेको चर्चा गर्दै ह्यारिसले भनेकी छिन्, अमेरिकासंग प्रविधिलाई कुशलतापूर्वक नियन्त्रण गर्न सक्ने र यो समस्यावाट वाहिरिन दिमाग लगाउन सक्ने मानिसहरु छन् ।

विश्व स्वास्थ संगठनका प्रवक्ताको भनाइले यो प्रष्ट पार्छ कि अझै पनि धेरैको आशाको विन्दु भनेको अमेरिकानै हो तर परिणाम सकारात्मक आउन सकेको छैन ।

प्रतिक्रिया