शुक्रबार, चैत २१ २०७६
काठमाडौं ०९:१४
वासिङटन डिसी 23:29

समस्यामा परेका नेपालीहरुलाई सहयोग गर्न ईञ्जा र एनआरएनएले सहकार्य गर्ने

इनेप्लिज २०७६ चैत १३ गते २:०६ मा प्रकाशित

भर्जिनिया, अमेरिका । कोरोना भाइरसको महामारीको कारण अमेरिकामा वसोवास गर्दै आएका धेरै नेपाली भाषीहरु र विशेषत नेपालबाट उच्च शिक्षाका लागि आएका विद्यार्थीहरुलाई परेको समस्या तत्कालका लागि हल गर्न गैरआवासीय नेपाली संघ (एनआरएन)ले सुरु गरेको अभियानमा नेपाली पत्रकाहरुको अन्तराष्ट्रिय सञ्जाल (इञ्जा)ले सहकार्य गर्ने भएको छ ।

इञ्जाका वरिष्ठ उपाध्यक्ष सुनिलमणी दाहालले एनआरएन अमेरिकाका अध्यक्ष सुनिल साहसंग सहकार्यका लागि सहमति भएको जानकारी दिनुभयो । एनआएरएन, अमेरिकासंग सहकार्य गर्नु अगाडि वसेको इञ्जा व्यवस्थापन समितिको वैठकले मानवीय सहयोगका कार्यमा हातेमालो गर्ने निर्णय गरेको थियो ।

एनआरएन, अमेरिका र इञ्जावीच भएको सहमति अनुरुप इञ्जाले विपत्तिमा परेर सहयोग आवश्यक भएका नेपाली नागरिकहरु र विशेषत विद्यार्थीहरुको डाटावेश निर्माणमा सहयोग गर्नेछ भने एनआरएन, अमेरिकाले सुरु गरेको गोफण्डमार्फत सहयोग संकलन गर्ने कार्यलाई तीव्रता दिन पनि सहयोग गर्नेछ ।

सहकार्यकालागि आज भएको सहमतिमा इञ्जाले समस्यामा परेका नेपाली भाषी र विद्यार्थीहरुको अभिलेख तयार गरी एनआरएनलाई दिनेछ भने गोफण्ड र अन्य माध्यमवाट एनआरएनले सहयोग संकलन गर्ने छ, सहमतिपछि इञ्जा उपाध्यक्ष सुनिलमणी दाहालद्वारा प्रेसित विज्ञप्तिमा भनिएको छ, यो आपतको घडीमा नेपाली भाषी र विद्यार्थीहरुको सहयोगका लागि सक्दो सहयोग गरिदिनु हुन इञ्जा सम्पूर्ण नेपालीहरुलाई आग्रह गर्दछ र यस पवित्र कार्यको समाचारलाई पर्याप्त स्थान दिनका लागि सम्पूर्ण पत्रकारहरुलाई आग्रह गर्दछ ।

विज्ञप्तिमा कोरोना महामारीको कारण समस्यामा रहनु भएका सम्पूर्ण महानुभावहरुलाई  यो लिंकमा  गएर आफ्नो विवरण भरीदिनु भरीदिनु समेत आग्रह गरिएको छ ।

 

 

प्रतिक्रिया