शनिबार, साउन ३१ २०७७
काठमाडौं ११:०६
वासिङटन डिसी 01:21

३ वर्ष ६ महिनाको कार्यकालमा राष्ट्रपति ट्रम्प अहिले सवैभन्दा वढी लोकप्रिय

कोरोनाभाइरस संकटमा उनको संलग्नताले उनलाई उचाईमा पुर्याएको सर्वेक्षण

इनेप्लिज २०७६ चैत १२ गते २२:५१ मा प्रकाशित

भर्जिनिया, अमेरिका । अमेरिकामा गरिएको एक सर्वेक्षणले राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नो कार्यकालमा अहिले सवैभन्दा वढी लोकप्रिय भएको देखाएको छ । यो सर्वेक्षण राष्ट्रपति ट्रम्मको विरुद्धमा सधै उभिदै आएको सीएनएनले प्रकाशन गरेकोले पनि विश्वसनीय भएको हो । वाशिंगटन डिसीमा सन् १९३५ मा स्थापित ग्यालप इङ्क नामक एक अमेरिकी विश्लेषणात्मक र सल्लाहकार प्रतिष्ठानले राष्ट्रपति ट्रम्पको लोकप्रियता सम्बन्धि सर्वेक्षण गरि उक्त नतिजा निकालेको हो ।

नयाँ ग्यालप सर्वेक्षणमा ट्रम्पले ४९ प्रतिसत राष्ट्रपति पदले काम गरिरहेको जनाएको छ । अर्को तर्फ ४५ प्रतिसतले यो कुरालाई अस्विकार गरेका छन् । जुन उनको अनुमोदन दर्जाको तुलनामा ग्यालप सर्वेक्षणमा सबैभन्दा बढी रहेको छ।

यसै गरि गत सोमबार मोनमाउथ विश्वबिद्यालयको एक सर्वेक्षणले ट्रम्पलाई ४६ प्रतिसत स्वीकृति देखाएको छ,जुन सर्वेक्षणमा ३ बर्ष भन्दा बढी समयमा उनले गरेको राम्रो प्रदर्शन हो भनि उल्लेख गरेको छ ।

ट्रम्पले गरेको कामको लोकप्रियता हुनुको कारणहरु के के हुन् त ?

उनले हाल बिश्व भरि महामारीको रुपमा र अमेरिकामा संक्रमित कोरोनाभाइरस संकटमा उनले खेलेको अहम भूमिका र उनको संलग्नताले उनलाई लोकप्रिय बनाएको छ ।

ग्यालप सर्वेक्षणमा ६० प्रतिसत अमेरिकीहरूले ट्रम्पले सङ्कटलाई संचालन गर्ने कामलाई स्वीकृति दिएका छन । जबकि ३८ प्रतिसतले उनले गरेको कामलाई अस्वीकार गरेका छन् । १० जना मध्ये ६ जना स्वतन्त्रले ट्रम्पले कोरोनाभाइसमा काम गरेको बिषयमा अनुमोदन गरेका छन् ।

मोनमाउथ विश्वबिद्यालयको एक सर्वेक्षणमा कोरोना भाइरस सम्बन्धि ५० प्रतिसत राम्रो काम गरेको भनेका छन् भने ४५ प्रतिसतले नराम्रो काम गरेको बताएका छन् ।

ट्रम्पले कसरी यो संकटलाई सम्बोधन गरेको छ भन्ने कुराको स्वीकृति वृद्धि विशेष गरी स्वतन्त्र व्यक्तिहरू र डेमोक्र्याटहरू बीचमा समेत गरेको थियो ।

ट्रम्पको यो लोकप्रियता वृद्धि आश्चर्यजनक भने हैन । उनले कसरी कोरोनाभाइरससँग व्यवहार गरे र कसरी काम व्यापक रूपमा चलाइरहेका छन् भनेर ट्रम्पको उच्च अनुमोदन मूल्या्कनले महामारीमा उनको र उनको प्रशासनको प्रदर्शनलाई नजिकबाट नियालेर बसेका व्यक्तिहरूलाई चकित पार्न सक्छ।

श्रोत :सिएनएन

प्रतिक्रिया