लकडाउनमा विराटनगर सुनसान

मनोज दाहाल २०७६ चैत १२ गते २२:०२ मा प्रकाशित

मनोज दाहाल,

विराटनगर, १२ चैत । लकडाउनको दोस्रो दिन विराटनगरको अवस्था पनि समान्य रहेको पाइएको छ । बजारमा मानिसहरुको चहलपहल छैनन्, सडकमा कुनै पनि सवारी साधानको आवतजावत छैन् । स्थिति समान्य रहेको छ भने विराटनगरमा आज बिहान दुग्धको गाडी चलेको पाइयो । सडकमा प्रहरीको तैनाथी छ । सञ्चारकर्मीहरुको सवारी साधन फाटफुट चलेको पाइयो ।

बजार सुनसान छ भने अतिआवश्यक औषधि पसलहरु भने खुला छन् । विराटनगरको गुद्रीमा समान्य अवस्थामा देखिने भिड लकडाउन पछि सुनसान छ । विराटनगरका ठूला डिपार्टमेन्ट स्टोर भाटभटेनी, आरकेसेन्टर र सिटीमल पनि बन्द छ भने उपभोक्तालाई आवश्यक सामग्रीहर माग भएमा आरकेसेन्टरले घरमय पुर्याउने घोषणा पनि गरिसकेको छ भने अन्य दिन खुल्ने स–साना पसलहरु पनि बन्द छ । मानिसहरु कोरोना नियन्त्रणमा सरकारले घोषणा गरेको लकडाउनलाई सफल बनाउन तीव्र चाहना अनुसार नियमपालना गरिरहेको पाइएको छ ।

मनोज दाहाल

पत्रकार

प्रतिक्रिया