मंगलबार, जेठ १३ २०७७
काठमाडौं ०४:५९
वासिङटन डिसी 19:14

अमेरिकामा विचल्ली भएका नेपालीहरुलाई सहयोग गर्न एनआएरएन अमेरिकाको अभियान, गोफण्डमा १ हजार ४४६ डलर जम्मा

इनेप्लिज २०७६ चैत १२ गते १९:४२ मा प्रकाशित


लुइभेल, केन्टकी । गैर आवासीय नेपाली संघले (एनआरएन) अमेरिकाले कोरोना महामारीको कारण अमेरिकामा विचल्लीमा परेका नेपाली नागरिकहरुलाई सहयोग गर्ने अभियान सुरु गरेको छ । अभियानलाई अगाडि वढाउनका लागि सहयोग संकलनका लागि एनआरएन अमेरिकाले गोफण्ड खाता सञ्चालनमा ल्याएको छ । नेपाली समुदायका विशेषत विद्यार्थीहरु अहिले समस्यामा परेका छन् । यस्तो अवस्थामा गोफण्डको एकाउन्टमा क्लिक गरेर जोसुकैले पनि क्रेडिट वा डेविट कार्डमार्फत सहयोग गर्न सक्नेछन् । गोफण्ड खातामा अहिलेसम्ममा १ हजार ४४६ जम्मा भइसकेको छ । गोफण्ड खातामा अहिलेसम्ममा एनआरएन अमेरिकाका अध्यक्ष सुनिल साहले ५०० डलर, संकेश्वर सुवेदीले ३०१ डलर, कृष्णजिवी पन्तले २०० डलर, वावु लामाले १०० डलर, नाम उल्लेख नगर्ने एकजनाले २०० डलर र अर्को जनाले १०० डलर तथा सुवास साहले १० डलर सहयोग गर्नुभएको छ ।
यो लिंकमा क्लिक गरेर विपत्तिमा परेका नेपालीलाई सहयोग गर्न सकिन्छ ।

https://www.gofundme.com/f/support-to-neepali-community-affected-by-covid19?utm_source=customer&utm_medium=copy_link&utm_campaign=p_cf+share-flow-1

 

प्रतिक्रिया