अनेसासका सम्पूर्ण कार्यक्रमहरु स्थगित

इनेप्लिज २०७६ चैत ११ गते १४:१५ मा प्रकाशित

२२ मार्च, काठमाडौंकोरोना भाइरस “ कोभिड-१९” का कारण विश्वमा परेको असरले नेपाली समुदाय पनि विश्वभरिनै कुनै न कुनै रूपमा प्रभावित रहेको छ ।

यसै क्रममा विश्वभरि साहित्यिक संजाल भएको साहित्यिक संस्था अन्तरराष्ट्रिय नेपाली साहित्य समाज अर्थात् अनेसासले अर्को सूचना जारी नहुन्जेल आफ्ना पूर्व निर्धारित सबै केन्द्रिय तथा क्षेत्रिय कार्यक्रमहरू रद्द गरेको छ साथै विश्वभरिछरिएका च्याप्टरहरूलाई समेत कुनै कार्यक्रमको आयोजना नगर्न आव्हान गरेको छ !

उक्त कुरा अनेसासका केन्द्रिय अध्यक्ष राधेश्याम लेकाली तथा महासचिव गणेश घिमिरे हस्ताक्षरित छापा विज्ञप्तिमा जनाईएको छ ।

स्मरणिय छ, अनेसासले वर्षेनी चैत १९ गतेलाई कथा दिवसका रूपमा मनाउॅंदै मैनाली कथा पुरस्कार प्रदान गर्दै आएकोमा यस वर्षको सो कार्यक्रम रद्द गरेको सूचना यस अघिनै जारी गरिसकेको थियो ।

प्रतिक्रिया