चीनमा फेरी अर्को भाईरस हन्ताको संक्रमण

यादवराज जोशी २०७६ चैत ११ गते १३:५३ मा प्रकाशित

चीनको युनान प्रान्तमा हन्ता भाईरसको संक्रमणबाट एकजनाको मृत्यु भएको चिनिया सरकारी मिडियाले मंगलबार जनाएको छन् । हन्ता भाईरस रोडेन्ट प्रजातिको स्तनधारीमा पाईन्छ । यि स्तनधारीमा मुसा, लोर्खके, मृग आदि पर्दछन । विश्वका ४० प्रतिसत स्तनधारी रोडेन्ट समुहमा पर्दछन् । यो भाईरुस एकबाट अर्कोमा सर्ने क्रम कोरोना भाईरसभन्दा बढी हुन्छ ।

चिनिया मिडियाको समाचार अनुसार, साडदोडं प्रान्तबाट बसमा युनान आएका एकजनाको हन्ता भाईरसबाट मृत्यु भएको हो । बसमा ३२ जना यात्रु थिए । ति सबै यात्रुको परिक्षण गरिएको भएपनि उनीहरुमा हन्ता भाईरसको संक्रमण देखिएको नदेखिएको केही बताईएको छैन ।

अमेरिकी जन स्वास्थ्य संस्था सिडिसीका अनुसार, हन्ता भाईसबाट लाग्ने रोगलाई अमेरिकामा न्यू वल्र्ड हन्ताभाईरस र एसिया र युरोपमा ओल्ड वल्र्ड हन्ताभाईरस भनिन्छ । यि दुवैको लक्षण फरक हुन्छ । न्यू वल्र्ड हन्ताभाईरस लाग्दा थकाई लाग्ने, ज्वरो आउने, थाई, हिप, पिठ्यु र काँधको मांसपेसी दुख्ने हुन्छ । यस्तै ओल्ड वल्र्ड हन्ताभाईरसको संक्रमणमा टाउको दुख्ने, पिठ्यु र पेट दुख्ने, ज्वरो आउने, नाक बग्ने जस्ता लक्षण देखिन्छ । यि दुवै प्रकारका हन्ताको लक्षण देखिन कम्तिमा ४ दिन र बढीमा दुईसाताको समय लाग्छ । हन्ता भाईरसमा नशा फुटेर अन्तरीक रक्तश्रव, मृगौला बिग्रने, फोक्सोले काम नगर्ने भई मानिसको मृत्यु हुन्छ ।

अहिले फेरी चीनमा देखिएको भएपनि हन्ता भाईरस नयाँ भने होईन । सन् २०१२ मा क्यालीफोर्नियाको यसोमाईट भ्यालीमा नौजनामा यो हन्ता भाईरस देखिएको थियो । सन् २०१८ सम्म यो भाईरस क्यालीफोर्नियाको यसोमाईट क्षेत्रमा देखिएको भएपनि संक्रमण शुन्य दशमलव शुन्ना दुई (०.०२० प्रतिसतभन्दा कम थियो । सन् १९९३ मा अमेरिकाका चार राज्यका रोडेन्ट प्रजातिको स्तनधारीमा यो भाईरस रहेको पाईएको थियो ।

स्रोतः विभिन्न एजेन्सी, सिडिसी र गुगल खोज

प्रतिक्रिया