सोमबार, चैत १७ २०७६
काठमाडौं ०१:१७
वासिङटन डिसी 15:32

आफू पनि घरबाहिर ननिस्कनु, अरुलाई पनि घरमा आउन नदिनु

इनेप्लिज २०७६ चैत ११ गते १२:४५ मा प्रकाशित

लन्डन । कोरोना भाइरसका कारण अहिले विश्व त्रस्त बेलायतमा मात्र यो पंक्ति तयार पारिरहँदा सो भाइरसका कारण ३३५ जनाको ज्यान  गइसकेको भने हजार ६५० मा सो भाइरसको संक्रमण पुष्टि भएको हालसम्म यो भाइरसको उपचार पत्ता लागेको छैन तर यो रोग लाग्न नदिन विभिन्न उपायहरु चिकित्सक, वैज्ञानिक सरकारले जारी गरेका छन् ती उपायहरु नेपालीहरुले कसरी सजगता अपनाउने सम्बन्धमा बेलायतको लिभरपूलमा कार्यरत जनरल प्राक्टिसनर (जीपी) तथा नेप्लिज डक्टर्स एसोसियशन युकेका सदस्य डा. मनोहर बुढाथोकीसंग नेपाल पत्रकार महासंघ बेलायतका अध्यक्ष नरेश खपांगीले गरेको कुराकानी  :
कोरोनाबाट बच्न आइसोलेसन नै किन ?
बेलायत सरकारले हालसम्ममा दुई खालको रणनीति अघि सारेको देखिन्छ । एउटा ‘सिल्डिङ’ र अर्को चाहिँ ‘आइसोलेसन’ । सिल्डिङअन्तर्गत सरकारले करिब १३÷१४ लाख अति जोखिममा रहेका नागरिकहरुलाई टेक्स्ट र पत्रमार्फत घरबाट बाहिर ननिस्कन अनुरोध गर्दैछ । शरीरका विभिन्न अंग प्रत्यारोपण गरेका, दमका बिरामी, क्यान्सरका बिरामी आदि यसमा पर्दछन् । रोगसँग लड्ने क्षमता कम भएकाहरुलाई बचाउनु गाह्रो पर्ने भएकाले सरकारले उनीहरुलाई बाहिरका र आफ्नै घरमा अन्य सदस्यहरुसँग समेत सचेत रहन दुई दिनअघि यो रणनीति ल्याएको हो ।
अर्कोतर्फ, आइसोलेसनको नीति छ । लगातार खोकी लागेमा, आधा दिनसम्म खोकी लागेमा, नयाँ खोकी लागेमा, ३७.८ डिग्री सेल्सियसभन्दा माथि ज्वरो आएमा त्यस्ता व्यक्तिले एक्लै भए सात दिन र परिवारसहित भए १४ दिन आइसोलेसनमा बस्नुपर्दछ । खासगरी कोरोना भाइरसको व्यापक रुपमा परीक्षण गर्न सरकारसित सामथ्र्य नभएकाले तथा रुघाखोकी र कोरोनाको संकेत उस्तै उस्तै हुने भएकाले अरुलाई नसार्न आइसोलेसनमा राखिएको हो ।
कतिपय नेपालीहरुमा आइसोलेसनमा बस्दा हीनताबोध भएको पनि देखिन्छ त्यस्तो मान्नु पर्छ र ?
आइसोलेसनमा बस्दा हीनताबोध, लघुताभाष मान्नु जरुरी छैन । आइसोलेसनमा भनेको आफू पनि बच्नु र परिवारलाई पनि बचाउनु हो । अहिले ज्यान बचाउने बेला हो । यदि एक÷दुई हप्ता आइसोलेसनमा बस्दा ज्यान बच्न सक्छ भने किन संकोच मान्ने ? यो भाइरसबाट के वृद्ध के जवान सबैलाई असर परिरहेको छ । बयोवृद्धहरुलाई धेरै नै प्रभाव परेको छ तर भर्खरका युवाहरु पनि अहिले गम्भीर अवस्थामा आइसियुमा उपचाररत छन् । सबैलाई थाहा भएकै कुरा हो यो रोगको उपचार अहिलेसम्म पत्ता लागिसकेको छैन । त्यसैले समाजमा यो भाइरस फैलन नदिन त रोग लाग्नै नदिनु पर्यो नि । अस्पतालले थेग्न सके बाँच्न सकिएला तर सबैलाई एकैपटक च्याप्यो भने अस्पतालमा पनि भर्ना नपाइन सक्छ । त्यसैले समयमै सचेत बनौँ र असजिलो नमानी आइसोसेलनमा बसौँ ।
अर्कोतर्फ कतिपय नेपालीमा सरकार स्वास्थ्यकर्मीले दिएको सुझाव अटेर गरी ‘मदर्स डे’मा वृद्धावस्थाका आमासित भेटेको पनि पाइयो
त्यो गलत हो । आफू र आफन्त दुवैको लागि यस्ता कार्य ठीक होइनन् ।
आइसोलेसनमा बसेकाहरुमा पोजिटिभ देखिने दर कस्तो छ ?
राज्यको कमजोरी भन्नुपर्ला अहिले खटिएका चिकित्सक, नर्सहरुलाई खोकी लाग्दा समेत परीक्षण गर्न सकिएको छैन । गम्भीर अवस्थाका र अस्पतालमा भर्ना भएका बिरामी बाहेकलाई अहिले पनि कोरोना भाइरसको परीक्षण गरिएको छैन । यदि तपाई दुर्घटना तथा आकस्मिक (एएण्डई) कक्षमा जानुभयो तर श्वास फेर्न गाह्रो भएको छैन भने तपाईलाई परीक्षण नगरी घर पठाइदिन्छ । अहिले कोरोनाको परीक्षण किट र ल्याव दुवै विधिबाट गरिँदै छ । कतिपयमा कोरोना भएर पनि नदेखिने पनि हुनसक्छ । परीक्षणले शतप्रतिशत सबै ठीक देखाउँछ भन्ने पनि हुँदैन तर बुझ्नपर्ने कुरा के हो भने हामी सबैले आफूमा कोरोना छ भन्ने सम्झिनुपर्यो र आफूलाई मात्र बचाउने होइन अरुलाई पनि नसार्ने विधि अपाउनुपर्यो ।
परीक्षणमा पोजिटिभ देखिँदैमा आत्तिनुपर्ने अवस्था कि छैन ?
आत्तिनु पर्दैन किनभने यस भाइरसबाट हुने मृत्युदर १ देखि २ प्रतिशत मात्र होला भन्ने आँकलन छ । बाँकी ९८ प्रतिशत मानिस ठीक भएर घर फर्कने गरेका छन् । कोरोना भएका धेरै मानिसहरु त बाहिरै हिँडिरहेका छन् । उनीहरुलाई त परीक्षण गरिएकै छैन । परीक्षण भएकामध्ये पनि १०÷१५ प्रतिशत अस्पताल भर्ना भएका छन् । त्यसमा पनि ५÷७ प्रतिशत आइसियुमा उपचाररत छन् ।
अन्त्यमा बेलायतमा बसोबासरत नेपालीहरुलाई केही भन्नु चाहनुहुन्छ कि ?
सरकार र स्वास्थ्यकर्मीहरुले दिएको सुझाव मानिदिनुपर्यो । घरबाहिरका मानिसहरुसितको सम्पर्क घटाउनु पर्यो । बरु झ्यालबाटै कुराकानी गर्नुहोस् तर आफ्नो घर बाहिरका मानिसहरु आफन्त नै भए पनि घर आउन नदिनुहोस् । यो भाइरस मानिसबाट सर्ने भएकाले अरु मानिसहरुसित सम्पर्क नै नभए पनि धेरै हदसम्म सुरक्षित रहन सकिन्छ । हाम्रो समुदायमा धेरै वृद्धवृद्धा हुनुहुन्छ । कृपया घरबाट बाहिर कसैगरी ननिस्कनुहोला । खाना ल्याइदिने वा किनमेल गरेर ल्याइदिनेले पनि ढोकामै छोडिदिनुहोला । समाजबाट अलग रहने विधि (सोसल आइसोलेसन) कोरोना भाइरसबाट बच्न प्रभावकारी छ । कृपया अटेर नगरी पालना गर्नुभयो भने यो भाइरसबाट आफू पनि र अरुलाई पनि बचाउन सकिन्छ ।
(यो सामग्री कोरोना भाइरसबाट बेलायतमा रहेका नेपाली समुदायलाई सूचित सचेत बनाउन नेपाल पत्रकार महासंघले चलाएको अभियान अन्तर्गत तयार पारिएको हो ।) 

प्रतिक्रिया