सोमबार, चैत १७ २०७६
काठमाडौं ००:२१
वासिङटन डिसी 14:36

जनताले पालना गरे विराटनगरमा लकडाउन

मनोज दाहाल २०७६ चैत ११ गते १०:२७ मा प्रकाशित

मनोज दाहाल,

विराटनगर, ११ चैत । नेपाल सरकारले कोभिड–१९ को रोकथाम र सङ्क्रमण फैलिन नदिन आजदेखि लागु गरेको लकडाउनलाई विराटनगरका नागरिकहरुले पालना गरेका छन् ।

विराटनगरका मेन रोड, मुख्यमुख्य बजारमा नागरिहरुको आवागन न्यून रहेको छ भने सार्वजनिक तथा निजी सवारी साधन सञ्चालन भएको छैन ।

यसैगरी विराटनगरका पसलहरु बन्द रहेका छन् भने खाद्यान्न, औषधिका पसलहरु खुल्ला रहेका छन् ।

नगरको भित्री भागमा फाट्टफुट्ट मानिसको आवतजावत, मोटरसाइकल र सिटी रिक्सा सञ्चालन भएको देखिन्छ । जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकृत मानवहादुर राईले लकडाउन उल्लघन गर्ने कसैलाई अहिलेसम्म पक्राउ नगरिएको र कोभिडको सुरक्षाका लागि नागरिकहरु आफ्नो घरमा वसेकोले बजार सुनसार रहेको बताउनु भयो ।

विराटनगर महानगरपालिकाले सोमवार वसेको कार्यपालिकाको वैठकले पनि अनिश्चितकालिन लकडाउनको घोषणा आजदेखि लागु हुने निर्णय गरेको थियो । यसैगरी विराटनगरवाट प्रकाशित हुने चार वटा दैनिक पत्रिकाले एक विज्ञप्ति प्रकाशित गरी कोभिडको जोखिमलाई ध्यानमा राखी आजदेखि प्रकाशन अर्को सूचना प्रकाशित नहुन्जेलसम्मका लागि स्थगित गरेका छन् ।

यसरी स्थगित दैनिक पत्रिकाहरुमा हाम्रोमत दैनिक, न्यू सृष्टि दैनिक,उद्घोष दैनिक र दर्शन दैनिक रहेका छन् ।

प्रतिक्रिया