बुधबार, असोज ६ २०७८
काठमाडौं २०:४४
वासिङटन डिसी 10:59

कोरोना भाइरसको कारण भर्जिनियाका बिद्यालयहरु कम्तिमा शैक्षिक वर्ष सम्म बन्द हुने

चमेनागृह भित्र सेवा प्रदान नगराउन कार्यकारी आदेश

इनेप्लिज २०७६ चैत १० गते २२:५१ मा प्रकाशित

भर्जिनियाका बिद्यालयहरु कम्तिमा शैक्षिक वर्ष सम्म बन्द हुने संघिय सरकारले घोषणा गरेको छ । साथै भर्जिनियामा संचालनमा रहेका चमेनागृहहरुले ग्राहकहरुको लागि चमेनागृह भित्र नै सेवा नगराउन आदेश दिदै भर्जिनियाका गभर्नरले कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् ।

मार्च २३ सोमबारका दिन राल्फ नोर्थमले उक्त घोषणा गरेका हुन् । गभर्नरले कोरोनाभाइरसको फैलन नदिन र यसलाई रोक्नको लागि आफ्नो प्रयास अगाडि बढाएका छन् ।

गभर्नर नोर्थमले सोमबार दिउँसो पत्रकार सम्मेलनमा कम्तिमा ३० दिनका लागि धेरै व्यवसाय बन्द गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेको बताए ।

सबै मनोरन्जन र मनोरन्जन व्यवसाय बन्द हुनै पर्दछ,नोर्थमले भने। यसमा चलचित्रमन्दिर,व्यायामशाला केन्द्रहरू र दौड मार्गहरू समावेश हुनेछन्। कुनै पनि “व्यक्तिगत हेरचाह सेवाहरू” जसले सामाजिक दूरीको पालना गर्न सक्दैन त्यस्ता पनि बन्द हुनुपर्दछ उनले भने ।

त्यसमा कपाल काट्ने पसल, मसाज पार्लर(अंग-मर्दन पसल) र स्पा(खनिज जलीय स्थल) सहित बन्द हुनु पर्ने बताए । सबै गैर आवश्यक (नन-एसेनसियल) पसलहरू खुला रहने छन् भने तर एक पटकमा केवल १० ग्राहकहरू मात्र सीमित हुनेछन्। तिनीहरूले “सामाजिक दूरी पालन गर्नु पर्ने र सरसफाई वृद्धि गर्नै पर्छ।”उनले भने । “हामी यस देशमा अहिले नै जैविक युद्ध लड्दैछौं,” नोर्थमले भने, प्रतिबन्धले धेरै बासिन्दालाई कठिनाइ निम्त्याउने स्वीकार गरे ।

किराना पसलहरु ,स्वास्थ्य सेवाहरू र व्यवसायहरू “आपूर्ति शिलशिला ” खुला रहने बताए । मादक पदार्थ बेच्ने एबीसी पसलहरू पनि खुला रहने उनले बताए ।

व्यवसायमा प्रतिबन्ध मंगलबार ११:५९ मिनेटमा राती लागू हुनेछ ।

श्रोत :एनबिसीवाशिंगटन डटकम

प्रतिक्रिया