सोमबार, असोज ११ २०७८
काठमाडौं ०४:१०
वासिङटन डिसी 18:25

रेन्ड पल वने पहिलो कोरोना भाइरस संक्रमित सिनेटर

इनेप्लिज २०७६ चैत ९ गते १८:१२ मा प्रकाशित

लुइभेल, केन्टकी । सिनेटर रेन्ड पल कोरोना भाइरस संक्रमित भएका छन् । कोरोना भाइरस संक्रमण हुने पल पहिलो सिनेटर हुन् ।

यसअघि नै दुइजना तल्लो सदनका सदस्यहरुलाई कोरोना भाइरस संक्रमण भइसकेको छ ।

सिनेटर पलले ट्वीट गर्दै आफुलाई संक्रमण भएको पुष्टि गरेका हुन् । उनले आफु कुनै कोरोना भाइरस संक्रमितको सम्पर्कमा नआएको तर लगातार यात्रा गरेको र कार्यक्रममा सहभागी भएको कारण संक्रमणमा परेको उल्लेख गरेका छन् ।

प्रतिक्रिया