बुधबार, असोज ६ २०७८
काठमाडौं ०८:१५
वासिङटन डिसी 22:30

अमेरिकामा कोरोना भाइरसबाट ३८०जनाको मृत्यु,२६२११ जना संक्रमित

अमेरिकामा २४ घण्टा भित्र ६२ जनाको थप मृत्यु

इनेप्लिज २०७६ चैत ९ गते १:१८ मा प्रकाशित

भर्जिनिया, अमेरिका । अमेरिकामा कोरोना भाइरसवाट मर्नेहरुको संख्या वृद्धि भएको छ । भर्खरै सार्वजनिक भएको तथ्यांक अनुसार अहिलेसम्ममा मर्नेको संख्या ३ सय ८० पुगेको सीएनएनले जनाएको छ । । अमेरिकाको ५० वटै राज्य संक्रमित भएका छन् भने पछिल्लो तथ्यांक अनुसार २६२११ जना संक्रमित भएका छन् । र हाल सम्म १७६ जना स्वस्थ भएका छन् ।

अमेरिकाको वाशिंगटन राज्यमा हाल सम्म मृत्यु हुनेको संख्या ९४ पुगेको छ भने न्युयोर्कमा मृत्यु हुनेको संख्या ६० पुगेको छ । कोरोना भाइरसको कारण अमेरिकाका ५ राज्यहरु क्रमस क्यालिफोर्निया,न्यूयोर्क,इलिनोयस,कनेक्टिकट र न्यु जर्सीका जनतालाई घरमा नै वस्न आदेश दिइएको छ ।

क्यालिफोर्नियामा मृत्यु हुनेको संख्या २५ पुगेको छ । न्युजर्सीमा १६ जना,फ्लोरिडामा१३ जना,लुजियानामा २० जना,इलिनोइमा ६ जना,कोलोराडोमा ४ जना,टेक्ससमा ५ जना ,विस्कनसिनमा ४,डिसीमा ३,जर्जियामा २० जना,ओहायोमा३,मिसिगनमा६ इन्डीयानामा४एरिजोनामा १ ,पेनसेलभेनियामा २,कनेक्टिकटमा ४,मेरिल्याण्डमा २,भर्जिनियामा ३,ओरेगनमा४ ,साउथ क्यारोलाइनामा ३ ,नेभादामा २ ,ओक्लाहोमा १, इन्डियानामा २ ,केन्टकीमा २, भर्मन्टमा २, क्यान्ससमा २,मिसौरीमा ३ साउथ डकोटामा १ गरि कुल ३२४ जनाको मृत्यु भै सकेको छ ।

प्रतिक्रिया