आइतबार, असोज ११ २०७७
काठमाडौं ०५:२६
वासिङटन डिसी 19:41

महेश्वरले ल्याए उपन्यास र ‍गीत

इनेप्लिज २०७६ चैत ८ गते २३:५३ मा प्रकाशित

समाचारदाता,

बोस्टनका सर्जक महेश्वर पन्तले उपन्यास “फुर्लुङ” र लोकगीतको म्यूजिक भिडियो ” गौथली चरी” सार्वजनिक गरेका छन् | विशेषतः गीत, कविता र कथामा कलम चलाउद‍ै आएका पन्तले यसपटक उपन्यास र लोकभाकामा आफ्नो बलियो उपस्थिति जनाएका हुन् |

मोदीखोला र कालीगण्डकी सेरोफेरोमा माछा मार्ने, डुँगा चलाउने सर्वसाधारणको कथामा आधारित उपन्यासलाई साङ्ग्रीला बुकले प्रकाशन गरेको हो |
यसै‍गरि ” गौथली चरी”मा लोकगायक राजु परियार र मेलिना राईको स्वर रहेको छ भने पुष्पल खडका र अञ्जली अधिकारीसहित रचनाकार पन्तको पनि अभिनय रहेको छ |

प्रतिक्रिया