शनिबार, असोज ९ २०७८
काठमाडौं ०२:२७
वासिङटन डिसी 16:42

४५ मिनेटमा कोरोनाभाइरस पत्ता लगाउने परीक्षण एफडिएद्वारा स्वीकृत

इनेप्लिज २०७६ चैत ८ गते २०:१५ मा प्रकाशित

एफडिएले ४५ मिनेटमा कोरोनाभाइरस पत्ता लगाउने परीक्षणलाई स्वीकृत दिएको छ । अमेरिकी खाद्य तथा औषधि प्रशासन( एफडिए)ले करिव ४५ मिनेटमा कोरोनाभाइरस पत्ता लगाउन सक्ने पहिलो द्रुत निदान परीक्षणको प्रयोगलाई अनुमोदन गर्दै घोषणा गरेको छ ।

अधिकार गत मार्च २० शुक्रवारका दिन प्रदान गरिएको क्यालिफोर्नियास्थित सेफिडले परीक्षण निर्माण गर्ने प्रतिष्ठानको विज्ञप्तिमा भनिएको छ । उक्त प्रतिष्ठानले अर्को हप्ता देखि उत्पादन परीक्षण सुरु गर्ने जनाएको छ ।

“अस्पताल सेवाहरूको बढ्दो मागको यस समयमा, क्लिनीशियन(निदानबिद )हरूलाई तुरुन्तै स्वास्थ्य-हेरचाह सुविधामा भर्नाका लागि मूल्यांकन गरिएको बिरामीहरूको वास्तविक समय प्रबन्धनको लागि एक माग नै निदान परीक्षण आवश्यक छ,” चिकित्सक डेभिड पर्सिले भने। उनि सेफिडका मुख्य चिकित्सा तथा प्रविधि अधिकारी हुन् ।

श्रोत : सिएनएन

प्रतिक्रिया