आइतबार, असोज ११ २०७७
काठमाडौं ०६:४०
वासिङटन डिसी 20:55

२१ मार्च, ५५ औ अन्तराष्ट्रिय जातीभेद उन्मुलन दिवस( २१ मार्च) को सन्र्दभमा आर्दिक अपिल

इनेप्लिज २०७६ चैत ८ गते १७:०१ मा प्रकाशित

२१ मार्च, रंग भेद जाती भेद विरुद्धको आन्दोलनमा दक्षिण अफ्रिकामा ६९ जना अधिकारकर्मीहरुलाई त्यहाँको स्वेत सरकारले गोली हानी हत्या गरेको दिन, जुन दिनलाई सयुंक्त राष्ट्र संघ ले सन १९६९ मा रंगभेद विरुद्ध अन्तराष्ट्रिय दिवस International day for the elimination of racial discrimination को रुपमा मनाउने निर्णय गरेपछि विश्वका सवै जसो देशहरुले मार्च २१ लाई अन्तराष्ट्रिय रंगभेद तथा जातीभेद उन्मुलन दिवसको रुपमा मनाइने गरिएको छ । नेपालले संयुक्त राष्ट्र संघद्धारा सन १९६९ मा पारित गरेको सवै प्रकारका जातीय विभेद उन्मुलन गर्ने महासन्धी मा सन १९७१ मा प्रतिवद्धता सहित हस्ताक्षर गरेको ५१ वर्ष पुरा भैसकेको छ । देशमा लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था भए पनि जातीय विभेद तथा छुवाछुतका घटनाहरु घटिरहेका छन, दलित समुदायलाई सरकारद्धारा विगतमा गरिएका प्रावधानहरु पनि कटौती भएका छन, संविधानमै उल्लेख भएका प्रावधानहरु(राष्ट्रिय दलित आयोगको गठन, समानुपालिका समावेशीकरण) लाई लागू गर्न पनि सरकार उदासिन रहेको हुदा यस प्रति तत्काल आवश्यक कदम चाल्न ग्लोबल फोरम हार्दिक अपिल गर्दछ ।

जातीभेद विरुद्ध विश्व मंच  (Gobal forum Against cast based discrimination) ले सदा झै यो वर्ष पनि भब्य रुपमा यो दिवस मनाउने तयारी गरि रहेको वेला कोरोना भाइरस (Covid -19) का कारण विश्वव्यापी महामारी को अवस्था आएको हुदा ग्लोवल फोरम २०२० को २१ मार्चको अवसरमा देशमा र प्रवासमा रहनु हुने सवै मानुभावहरुमा कोरोना भाइरसको महामारीबाट आफु बाच्न र अरुलाई बचाउन को लागि सावधानात्मक र उपचारात्मक उपायहरु उपनाउन, सरकारलाई दवाव सृजना गर्न, समुदायलाई सचेत पार्न, स्वयमसेवक भई प्रभावित क्षेत्रमा गई सेवा गर्न सम्वन्धित सवैमा हार्दिक आव्हान गर्दछ । साथै नेपाल सरकारलाई यो कोरोना भाइरसको महामारी रोकथामको लागि स्वास्थ्यकर्मीहरुलाई प्रभावकारी रुपमा परिचालन, राष्ट्रसेवकहरु— निजामति, प्रहरी,सेना शिक्षक सवैलाई परिचालन गर्दै गाँउ देखि केन्द्रीय तह सम्म प्रभावकारी योजना बनाई कार्यान्वयन गर्न हार्दिक अनुरोध गर्दछ ।

तीर्थ विश्वकर्मा

अध्यक्ष,

ग्लोबल फोरम

प्रतिक्रिया